पद्मकन्या क्याम्पस अगाडिको सडकमा पेलिकन क्रसिङ सञ्चालन, अहिलेसम्म ३६ ठाउँमा प्रविधि जडान

देश/विदेश वाग्मती प्रदेश समाचार

काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको छ ।

बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि (पेलिकन क्रसिङ) सञ्चालनमा ल्याएको हो । काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकारका अनुसार महानगरले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् । पेलिकन क्रसिङलाई सलाईन बटन क्रसिङपनि भनिन्छ । यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिने छन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ ।

जबसम्म यसमा रहेको बटनलाई थिचिँदैन यसले काम गर्दैन र थिचेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभाबी क्रस गर्ने भएको कारण सुरक्षित नरहेकोले यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडी रोकिन्छ र ढुक्कका साथ बाटो काट्न सक्छ । यात्रुको सुरक्षालाई मध्यनजर गरेर काठमाडौं महानगरपालिकाले सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएकोले स्थानीय खुसी भएका छन् । महानगरपालिकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *