काठमाडौं । सेयर बजार परिसूचक नेप्से चार दशमलव ४५ अंकले घटेको छ ।
बुधबार नेप्से परिसूचक घटेको र अधिकांश उपसमूहको सूचक ओरालो लागेपनि फाइनान्सतर्फ भने लगानी उत्साह जनक रहेको छ ।नेप्से सामान्य अंकले घट्दा दुई हजार सात सय १९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतार चढावकाबीच दुई हजार सात सय ११ बिन्दुमा झरेको हो।
फाइनान्स उपसमूहका १५ वटै कम्पनीको मूल्य बढ्दा उपसमूहमा मात्रै पाँच दशमलव ६७ प्रतिशतले उकालो चढेको छ । सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकको मूल्य १० प्रतिशतले घट्दा उपकार लघुवित्त, छ्याङ्दी जलविद्युत् र सेन्ट्रल फाइनान्समा १० प्रतिशतले वृद्वि भएको छ ।
आज कुल एक सय १३ कम्पनीको मूल्य घट्दा एक सय २२ कम्पनीको बढेको छ भने सातवटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । समग्रमा ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

