काठमाडौँ । राजनीति गरेर कुनै अर्थ छैन । जहाँ अघोरी धेरै छन्, त्यहाँ राज्यका बारेमा पनि सोचिँदैन । सरकार जनता ठग्ने व्यापारी जोगाउने संस्था चलाएका अघोरी बाबा केपी ओलीका बारेमा अब समाचार बन्दैनन् । किनकि यी आफ्ना सांसदप्रति पनि विश्वास गर्दैनन् । महेश बर्तौलाले भन्छन् झापाली सांसदले बर्तौलाको कुरा खण्डन गर्छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका र भनेका कुरामा कसैको विश्वास छ भने माधवलाई धोका दिएर आएका १२ भाइको मात्र छ । तिनलाई एकपटक मन्त्री बन्नु छ । किनकि मन्त्री बन्दाको स्वाद पाएका रघुजी पन्त, योगेश भट्टराई, गोकर्ण बिष्ट सांसद छन् । शेरबहादुर तामाङ सांसद छैनन् । कोशी प्रदेशको मुख्यमन्त्री भएका भीम ढकाल त इन्तु र चिन्तु छन् । पार्टीको सचिव भएपनि अध्यक्ष केपी ओली उनलाई महत्व दिँदैनन् । किनकि ७२ करोडको सर्पकाण्डका नायक शुद्ध नेता झलनाथ उनका मामा हुन् ।
संसद सुरु भएको छ, तर स्थायित्व छैन । त्यसको पेरिफेरीमा सरकार जनताको सेवा गर्न परेन । सिमेन्टको मूल्य बढ्दा सरकारले सोच्दैन । बरु प्रोजेक्टहरुले विमति जनाएको छ, तर सरकारले सुनेन । किनकि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री एमालेकै छन् । दामोदर भण्डारीको बारेमा प्रश्न उठ्दैन । उनी प्रधानमन्त्रीका विश्वास प्राप्त व्यक्ति हुन् । तर पनि विश्वास सांसदकै छैन । त्यसले पनि प्रधानमन्त्री ओलीको दाउ आफै भित्रको रडाको नियन्त्रणमा जान नसक्दा शंका छ ।