माओवादी कर्मचारीलाई किन पु-याइयो भित्तामा ?

राजनीति समाचार

काठमाडौं । माओवादीका मन्त्री हुँदा सदैव तिनका सचिवालयमा बसेर तर मार्दै आएका एक कर्मचारी (उपसचिव) रुदै रुदैं गोर्खाको चिसो खान पुगेका छन् । रोल्पामा जन्मिएर हुर्किएका ती उपसचिव कहिले माओवादी, कहिले एमाले त कहिले काँग्रेस हुँदै लाभ उठाउन माहिर । यी यस्ता चल्तापुर्ता कि जिल्ला मालपोत कार्यालय रोल्पामा कार्यालय सहयोगी हुँदै सोही कार्यालयमा कार्यालय प्रमुखसम्म चलाए । त्यहँँको कार्यालय सहयोगी हुँदा माओवादी,कार्यालय प्रमुख हुँदा एमाले भएर लाभ उठाए कतिसम्म भने दाङ्गको तत्कालीन नारायणपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा काँग्रेस भएर लाभ खाए ।

जतिखेर बर्षमान पुन सत्तामा भए खाँटी क्रान्तिकारी,युद्ध लडेको भन्दा कडा माओवादी बने । एमाले काँग्रेसका जिल्ला तहका नेताहरुले माओवादीविरुद्ध स्टाटस लेख्दा समेत सो मुनी गएर माओवादीको बचाऊमा कमेन्ट गर्ने । कृष्णबहादुर महरा सभामुख हुँदा महराको ज्वाई प्रमुख हुँदा रोल्पा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर बसे । त्यस पछि कुल प्रसाद केसी मुख्यमन्त्री हुँदा उनी ग्याङ्गसहित मुख्यमन्त्रीकोमा पुगे । सो टिममा यामबहादुर बूढा,नरेन्द्र राना मगर थिए ।

यामलाई रक्सी चाहिने, याम यस्ता कर्मचारी हुन कि सहायक प्रमुख जिल्ला अधिकारी हुँदा हाफ कट्टुमा लगाएर कार्यालय पुगेका थिए । पछि प्रमुख जिल्ला अधिकारीले फर्काएको थिए । कमानसिंह थापा त्यो बेला मालपोत प्रमुख थिए । १८ महिना लुम्बिनी प्रदेशमा रहँदा त्यहाँका मुख्यमन्त्रीलाई वाक्क दिक्क बनाए । पहिला आफ्नै जिल्लाबासी सहयोग गर्लान भनेर त्यहाँ लगेका थिए, तर मुटु खाए । कमानसिंह थापा यस्ता कर्मचारी हुन कि उनलाई केटी र रक्सी चाहिने । यामलाई रक्सी भए पुग्ने यी दुइ कर्मचारी नरेन्द्र र मुख्यमन्त्रीका लागि समेत हलुवामा वालुवा नै भए । दाङ्ग राजधानी बनाउनमा शंकर र कुलप्रसाद केसीको ठूलो भूमिका छ । त्यो बेला नेकपा थियो,सोनाम आन्तरिक मामिला तथा कानुन मन्त्री,शंकर सो प्रदेशको मुख्यमन्त्री थिए ।

सो समय उनीहरुको ट्युनिङ्ग राम्रो थियो । नेकपा बिघटन भए पछि आफ्नो जिल्लाबासीलाई लैजाँदा सजिलो होला भनेर याम प्रसाद र कमानसिंङ्गलाई त्यहाँ लगियो । छिमेकी जिल्लाका नरेन्द्रलाई लगे । भालुवाङ्ग सार्न खोजियो,नरेन्द्रकै जागरुकतामा राजधानी स¥र्यो । सोनामले यी दुई कर्मचारीदेखि कान समाएको कर्मचारीहरुले बिर्सिएका छैनन् । त्यस पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भए अमनलाल मोदी,मोदी मन्त्री हुन्जेल उनी संघीय मामिलामा बसेर कर्मचारी सरुवाको खेतीमा रमाए ।

त्यहाँबाट मोदी हटेपछि गृहमा पुगे नारायणकाजी श्रेष्ठको सचिवालयमा बसेर लाभ उठाए । यस्तै बर्षमान पुन जति पटक मन्त्री भए उति नै पटक तिनको सचिवालयमा बसेर लाभ उठाएका कर्मचारी हुन उनी । अर्थमा हुँदा कर्मचारीको आस्था होइन कि खाम हेरेर सरुवा गर्ने गरेको माओवादी निकट कर्मचारीको आरोप छ । सोही कारण माओवादीभित्रका धेरै कर्मचारी उनीसग चिढिए । सदैव सत्ता र शक्तिको वरपर बसेर लाभ लिइरहेका उनी एमाले र माओवादीको गठबन्धन भत्किएर अर्थमन्त्रीका रुपमा बिष्णु पौडेल आएसँग गोकुल घर्तीको नाम लिएर एमाले हुँ भन्दै भन्सारमा जान निकै जोडबल गरे ।

यी तिनै कर्मचारी हुन पावरमा हुँदा कुनै पनि नेताको फोन समेत उठाएका एमालेका नेताहरुले बिर्सिएका थिएनन्,जसरी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा राजेश्वर घिमिरे तत्कालीन मन्त्री भूमि व्यवस्था पद्या पौडेलकै फोन उठाउदैन थिए । उही गरी एमालेका नेताहरुको समेत फोन समेत उठाउँदैन थिए,उनी । पछिल्लो समय भन्सारमा जानका लागि धेरै जोडबल ग¥र्यो । तर भन्सार तर्ने अवस्था नदेख्ने भए पनि राजधानीमा हामीजस्ता रोल्पालीलाई बस्न नदिने रहेछन् भन्दै गोर्खाको पालुङ्गटारमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा हालै हाजिर हुन पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *