काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले अन्तरजातीय विवाहमा सत्यन्द्रको जोडीमाथि सरकारले गरिएको क्रुरताको विरोध गर्दै गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।
अन्तरजातीय विवाहको प्रसंगमा ६० लाख दलितमाथि पर्न गएको चोट हो भन्दै बिहीबार संघीय संसद्मा चर्को विषयको रुपमा कांग्रेस सांसद शान्ति विकले यस विषयलाई प्रवेश गराएकी थिइन् । बिहीबार पनि यस विषयमा सांसद ज्वालाले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्य राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिँदा दम्पतीलाई बाल विवाहको मुद्दा दर्ता गराइ मुम्बईबाट पक्राउ गरेर यातना दिनका लागि निर्देशन दिने गृहमन्त्री नै भएको भनि आरोप समेत लगाएका छन् । साथै उनले यस विषयमा संलग्न आईजीपी लगायतलाई कानुनको कठ्घरामा ल्याई दोषीलाई कडाभन्दा कडा कारबाहीको माग समेत गरेका छन् ।
बिहीबार अर्का एक जना प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले एउटा मानवले अर्को मानवलाई गरेको अपमानबारे संसद्मा बहस गर्नुपर्दा दुःख लागेको बताका थिए। आकाशमा नयाँ संसार बसाल्ने होडबाजीमा विश्वका कैयन देश रहेका बेला नेपालको संसद्मा अन्तरजातीय विवाहलाई रद्द गराउन राज्य शक्ति नै लागेको सुन्नु परेको भन्दै उनले सरकारलाई प्रश्न गरेका थिए । बोल्ने सांसदहरू प्रत्येकले घटनाबारे गृहमन्त्रीको जवाफ मागे लगत्तै गृहमन्त्री रमेश लेखक सभामुखसँग समय लिएर बोलेका थिए ।
घटनाबारे नेपाल प्रहरीलाई सबै तथ्य सार्वजनिक गर्न निर्देशन दिएकोले त्यस अनुसार प्रहरीबाट विवरण सार्वजनिक भएको बताउँदै यो घटनामा आफूलाई जोडिएकोमा गृहमन्त्री लेखकले असन्तुष्टि जताएका थिए । संसद्मा उठेपछि यो विषय गम्भीर रुपमा लिएकोले गृहमन्त्री लेखकले थप प्रतिवद्धता जनाएउँदै छानबिन गर्न तयार रहेको बिहीबारको संघीय संसद्मा स्पष्टिकरण दिएका थिए । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने सरकारको नीतिप्रति विगतदेखि प्रतिवद्ध रहेको र भविष्यमा समेत यसमा अडिग रहने प्रतिवद्धता समेत जनाए थिए ।