काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १० अंकले घटेर दुई हजार ६ सय ७७ अंकमा कायम भएको छ ।
सोमबारसहित लगातार पाँचौं दिन बजार घट्दा कारोबार रकम पनि घटेको हो। अघिल्लो दिन आठ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडले कारोबार भएको छ ।
न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया, सीएचडीसी, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहेका छन् ।