राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित

देश/विदेश राजनीति समाचार

काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेस गरेका थिए । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरेका छन् ।

सरकारले २०७५ सालमा पनि मिडिया काउन्सिल विधेयक ल्याएको थियो । त्यसबेला प्रस्ताव गरिएको दण्ड जरिवानाको व्यापक आलोचना भएको थियो । ती व्यवस्था हटाइ हाल काउन्सिलले सुरुमा सम्बन्धित सञ्चार संस्था, आमसञ्चारमाध्यम वा पत्रकार र उजुरीकर्ताबीच मेलमिलाप गराउन प्रयास गर्ने भनिएको छ । मेलमिलाप हुन नसकेमा आचारसंहिता उल्लंघन गर्ने सञ्चार संस्था, आमसञ्चार माध्यम वा पत्रकारलाई काउन्सिलले निर्धारण गरेबमोजिमको संख्या, समय वा पृष्ठमा खण्डन प्रकाशन, प्रसारण गर्न लगाउन उल्लेख छ । काउन्सिलको निर्णय र निर्देशन पालना नगर्ने पत्रकारको अभिलेख राखेर वार्षिक प्रतिवेदनमा प्रकाश गर्न समितिले सुझाव दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *