‘कर्मा’को पहिलो पोस्टर सार्वजनिक

मनोरञ्जन समाचार

काठमाडौं । विपिन कार्की स्टारर ‘कर्मा’को पहिलो झलक सार्वजनिक भएको छ ।

निर्माताले बिहीबार शीर्ष कलाकार विपिनको लुक्सलाई सार्वजनिक गरेका हुन् । अँध्यारो पृष्ठभूमिको पोस्टरमा विपिनलाई बन्दुक समातेर क्रोधित भावमा देख्न सकिन्छ । प्रायः सामाजिक चरित्रमा देखिँदै आएका कार्की यसमा एक्सन रोलमा छन् । यसअघि ‘नाका’मा एक्सन अवतारमा देखिएका उनी यो फिल्मबाट एक्सन भूमिकामा फर्किएका हुन् । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् । यो फिल्म चैत २९ मा प्रदर्शन तयारीमा छ ।

फिल्ममा उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव लगायत कलाकारको समेत अभिनय छ । मुकुन यो फिल्ममा खलपात्रको भूमिकामा छन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *