काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका ९४५ वटा सवारीसाधनमध्ये ५१५ वटा मापदण्डविपरीत भेटिएको जनाएको छ ।
कामपाले पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा ४७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ ।
कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गर्दै ४५ प्रतिशत प्रदूषण गर्ने सवारीसाधन मापदण्डविपरीत भेटिएको छ । कानूनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीको प्रदूषण परीक्षण गरिएको हो ।
‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’मा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपांग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व ९स्मोक डेन्सिटी० अधिकतम ६५ हर्टिज स्मोक युनिट ९एचएसयू० हुनुपर्छ ।
अहिलेसम्ममा ठमेल, मैतीदेवी, चावहिल, खुसिबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ ।
यसरी फेल हुने सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बुलेरो, सामान बोक्ने ट्रक लगायत रहेका छन् ।