चितवनमा उत्पादित गाजर र चुकन्दर दुई वर्षदेखि जर्मनमा निर्यात

अर्थ/वाणिज्य वाग्मती प्रदेश

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा दुई वर्षदेखि उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको एक टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो ।

जिल्ला प्राङ्गारिक सङ्घ चितवनले दुई वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अग्र्यानिक भ्याली’ संस्थाले विदेश पठाउन थालेको हो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको छ। यस वर्ष यही फागुन १५ गतेदेखि ती उत्पादन पठाउने तयारी गरिएको छ ।

२० बिघा अग्र्यानिक क्षेत्रका रूपमा मान्यता पाएकोले , १२ बिघामध्ये ६० प्रतिशत क्षेत्रफलमा गाजर र ४० प्रतिशत चुकन्दर प्रतिकिलो लगाइएको छ । यहाँको उत्पादनलाई विदेशी उपभोक्ताले विश्वास गरेपछि निर्यात शुरू गरिएको हो । जर्मन जाने गाजरको प्रतिकिलो रु २० र चुकन्दर प्रतिकिलो रु ५० मा तोकिएको सङ्घकाले जानकारी दिएको छ । सङ्घमा आबद्ध १५ जना किसानले लगाएको गाजर र चुकन्दर जर्मनमा निर्यात हुने गरेको छ । अग्र्यानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दर बाहेक गहुँ, मुसुरो, जौ, घाँस, आलुका साथै अन्य साग सब्जी उत्पादन गरिँदै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *