काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनबीच भएको उच्चस्तरीय वार्तामा कृत्रिम बुद्धिमत्ता(एआई)को सुरक्षित, भरपर्दो र विश्वसनीय विकासका लागि एआई रोडम्याप तय गरिएको छ ।
साथै, दुबै देशबीच न्यूक्लियर क्षेत्रमा उन्नत मोड्युलर रियाक्टर (एएमआर) र साना मोड्युलर रियाक्टर (एसएमआर) निर्माण तथा अनुसन्धानमा सहकार्य गर्ने समझदारी भएको छ । भारत र फ्रान्सबीचको यो सहकार्य हाल विश्वभरि कृत्रिम बुद्धिमत्ताको विकास, प्रयोग र नियमनबारे चलिरहेको बहससँग जोडिएको छ । एआई प्रविधिको तीव्र बिस्तारले विश्वव्यापी सुरक्षा, लोकतन्त्र, अर्थतन्त्र, डेटा सुरक्षालगायतका विषयमा गहिरो प्रभाव पार्ने भएकाले, भारत र फ्रान्स मिलेर ुलोकतान्त्रिकसहितको एआई मापदण्ड निर्माण गर्ने रोडम्यापमा छलफल गरेका हुन् ।