समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय भेला सुरु

राजनीति समाचार

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले दोस्रो राष्ट्रिय भेला आज शान्तिनगर स्थित केएम पार्टी प्यालेसमा गरिरहेको छ ।

प्रगतिशील तथा श्रमजीवी पत्रकारको सङ्गठनको नेतृत्वका अध्यक्ष विष्णुमणी सुवेदी सहित केही पत्रकार संस्थाबाट बाहिरिएपछि भेलामा सातै प्रदेशका सङ्गठनसँगमा आबद्ध देशैभरीबाट करिब दुई सय ५० पत्रकार सहभागी हुने छन् ।

भेलामा ‘जिम्मेवार पत्रकार:समाजवादको आधार’ मूल नारा बोकेको सङ्गठनको बाँकी १५ महिनाको कार्यभार र जिम्मेवारी, विधान संशोधन, पुरस्कार, सम्मान स्थापना, तालिम, प्रशिक्षण, सङ्गठनको लिपिबद्ध इतिहास लेखन आदि विषयमा छलफल हुने भएको छ। अग्रजको सम्मानः युवालाई प्रोत्साहन’ भेलामा पेसागत महासङ्घ र अन्तरराष्ट्रिय पत्रकार सङ्गठनसँग आबद्धताबारे पनि निर्णय लिइने छ । प्रमुख अतिथिमा माधव कुमार नेपाल उपस्थित रहेका छन् भने झलनाथ खनाल, प्रकाश ज्वाला, घनश्याम भुसाल, राजेन्द्र पाण्डे लगायत अन्य सदस्यहरुको पनि बाक्लो उपस्थिती रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *