सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेमा सबैभन्दा बढी टेलिग्राम

समाचार सुचना-प्रविधि

काठमाडौं। गृह मन्त्रालयका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ ।

आर्थिक वर्षको ६ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका उजुरी दर्ता मध्ये कुल एक हजार एक सय ८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् । यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका सात सय ३१ र टिकटकसँग जोडिएका एक सय ५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०/८१ मा कुल १९ हजार सात सय ३० वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *