प्रकृति लम्साललाई ७६ वर्षका हजुरबुवाले दिए दागबत्ती

विविध समाचार

काठमाडौं । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी भैरहवाकी प्रकृति लम्साललाई उनका ७६ वर्षका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् ।

हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानिय स्वर्गद्वारीघाटमा दाहसंस्कार गरिएको हो । भारतबाट गोरखपुर हुँदै राति ९ बजे प्रकृतिको पार्थिव शरिर भैरहवा ल्याइएको थियो । लम्सालको शवलाई केहि समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो ।

लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केहि समय राखिएको थियो । त्यसपछि मध्यराति नै अन्तिम संस्कार गरिएको हो । लम्सालको अन्तिम संस्कारमा आफन्तसँगै उनलाई अन्तिम श्रद्धान्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि ठुलो संख्यामा उपस्थिति रहेको थियो । भैरहवावासीको ठुलो संख्यामा सहभागिता रहेको थियो । केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षिय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *