काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेका छन् ।
ट्रम्पले बुधबार आफ्नो मार-ए-लागो रिसोर्टमा दिएको एक बयानमा जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्। यसले दुवै नेताबीचको विवाद चर्किदाँ वाकयुद्ध सुरु भएको छ।
यसअघि, जेलेन्स्कीले ट्रम्प गलत जानकारीसहित भ्रममा बाँचिरहेको बताएका थिए। जेलेन्स्कीको यो भनाइ ट्रम्पको आरोपको जवाफ स्वरूप आएको हो।
ट्रम्पले तानाशाह भनेपछि यस्तो टिप्पणीको विरुद्धमा युरोपेली र क्यानडा नेताहरू सधैं युक्रेनको समर्थनमा रहने प्रतिबद्वता जनाउँदै जेलेन्स्कीको समर्थनमा उनिहरुले सामाजिक सञ्जाल एक्समा यस्तो प्रतिक्रिया दिएका हन् ।