ब्राजिलमा एक्समाथि एक दशमलव चार मिलियन डलर जरिवाना

देश/विदेश समाचार

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश, अलेक्जान्ड्रे डे मोरेसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समथि एक दशमलव चार मिलियन डलर जरिवाना लगाएका छन् ।

अदालतको आदेशको बाबजुद एक्सले एलन डोस सान्तोसको प्रोफाइलसँग सम्बन्धित दर्ता सम्बन्धि डाटा हस्तान्तरण गर्न अस्वीकार गरेपछि जरिवाना लगाइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । न्यायाधीश मोरेसले जुलाई २०२४ मा एक्स र मेटालाई सान्तोसको खाता ब्लक गर्न, उनलाई प्रतिबन्ध लगाउन र उनको डेटा प्रदान गर्न कारबाही गर्न आदेश दिएका थिए । एक्सले आदेशको पालना गर्दै खाता ब्लक गर्‍यो, तर डाटा सङ्कलन नगरिएको र प्रयोगकर्ताको ब्राजिलसँग कुनै प्राविधिक सम्बन्ध नभएकोले यसमा डेटा नभएको दाबी गरेको थियो ।

यद्यपि, न्यायाधीशले यो तर्कलाई अस्वीकार गरे । त्यसपछि, एक्सलाई डेटा प्रदान गर्न असफल भएमा अगस्ट २०२४ सम्म दैनिक एक लाख ब्राजिलियन रियास अर्थात लगभग १७ हजार पाँच सय अमेरिकी डलर जरिवाना लाग् आदेश गरेको थियो । अक्टोबरसम्ममा जरिवाना ८१ लाख रियास पुगेको थियो । एक्सले यो जरिवानाविरुद्ध अपील गर्यो, तर पछि अदालतलाई जरिवाना तिर्ने जानकारी दिएको थियो । पछिल्लो पटक गत बुधबारको आफ्नो फैसलामा, अदालतले कम्पनीलाई तुरुन्तै पूरा रकम तिर्न आदेश दिएको छ । यद्यपि, अदालतले एक्सले दर्ता डेटा प्रदान गर्यो या गरेन भन्ने कुरा स्पष्ट गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *