एमाले निकट महिलाहरुलाई फलिफाप

राजनीति समाचार

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली जतिपटक प्रधानमन्त्री बन्छन् त्यतिनै पटक विभिन्न संघ, संगठनदेखि पार्टीभित्र महिलालाई प्राथमिकता दिने गर्दै आएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ओलीले नै पार्टीको उपाध्यक्षसहित रक्षमन्त्रीहुँदै दुईपटक राष्ट्रपति बन्ने अवसर दिलाएका थिए ।

त्यसैगरी सुशीला कार्कीलाई पहिलो महिला प्रधानन्यायाधीश बन्ने अवसर ओलीले नै दिएका थिए । त्यस्तै कर्मचारीतन्त्रभित्र लिलादेवी गड्तौलालाई पहिलो महिला मुख्यसचिव बनाएका थिए । उता, नेपाल पत्रकार महासंघमा निर्मला शर्मालाई पहिलो महिला अध्यक्ष बनाएर रेकर्ड कायम गरेका छन् भने कर्मचारी संगठनमा पनि भवानी दाहाललाई पहिलो महिला अध्यक्ष बनाउन सफल भएका छन् । अन्य संघ, संस्थादेखि जनवर्गीय संगठनहरुमा पनि महिलालाई प्राथमिकता दिँदै आएका छन् ।

त्यसैगरी नेपाल राष्ट्र बैंकको गभर्नरमा पनि महिलालाई नल्याउलान् भन्न सकिँदैन । एमाले पार्टीभित्र महिलाको नाममा सबैभन्दा बढी विद्या भण्डारीले लाभ लिएकी छिन् भने दोस्रोमा अष्ठलक्ष्मी शाक्य पछिन् । तर, देशकै ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र भने डा. आरजु राणा देउवा, सुजाता कोइराला र अम्विका बस्नेतबाहेक अरुले पार्टीमा पु-याएको योगदान अनुसारको अवसर पाउन सकेका छैनन् ।

उता, माओवादी केन्द्रभित्र प्रचण्डका परिवार र वर्षमान पुन परिवारबाहेक अन्य महिलाले खासै अवसर पाएका छैनन् । अन्य पार्टीमा नेतृत्वका परिवारभित्रका न्यून महिलाहरुले मात्रै अवसर पाउने गरेका छन् । तर, एमालेमा लाग्ने महिलाहरुले भने सबैभन्दा धेरै अवसर पाउने गरेका छन् । त्यसकारणले पनि क्षमतावान महिलाहरु एमालेतिर बढी केन्द्रित हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *