कर्णालीमा स्वास्थ्य जनशक्तिको अभाव

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको रिपोर्ट अनुसार स्वास्थ्य सेवा ऐनमा गरिएको व्यवस्था कार्यान्वयनका लागि कर्णालीमा स्वास्थ्य जनशक्ति अभाव रहेको उल्लेख गरेको छ ।

अहिले प्रदेशमा स्वास्थ्यसँग सम्बन्धित स्थायी कर्मचारीको दरबन्दी जम्मा ९०९ जनाको छ । दरबन्दीमध्ये ३२७ जनामात्र स्थायी पूर्ति भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, ०७८ ले कर्णाली प्रदेशमा कम्तीमा एउटा वडामा एउटा स्वास्थ्य संस्था हुनुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने संस्था जम्मा ८९२ वटा छन् ।

स्थायी दरबन्दी खाली रहेको स्थानमा करारको माध्यमबाट पूर्ति गरिएको मन्त्रालयले प्रस्ट पारेको छ । करार तथा अस्पताल विकास समितिबाट भर्ना गर्दा पनि स्वास्थ्य संस्थाहरूले दरबन्दी अनुसार कर्मचारी पाउन सकेका छैनन् ।

मन्त्रालयको तथ्याङ्क अनुुसार करार र अस्पताल विकास समितिका तर्फबाट गरी ८१८ जना पूर्ति गरिएको छ तर प्रदेशको स्वास्थ्य ऐनमा व्यवस्था भए अनुरूपको जनशक्ति छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *