इटालियन लेजेन्ड गोलकिपर बुफोन आइतबार नेपाल आउँदै

खेलकुद समाचार

काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नेपाल आउने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेष्टको रुपमा बुफोन नेपाल आउन लागेका हुन् । बुफोनले आफु केपी ओली कपको फाइनल खेलमा उपस्थित हुने भन्दै भिडियो सन्देशमार्फत् जानकारी समेत दिएका छन् । कपको फाइनल सोमबार दशरथ रंगशालमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *