काठमाडौं । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८३ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान श्रेष्ठको मृत्यु भएको हो ।
उनी लामो समयदेखि बिरामी भएर उपचारका क्रममा अस्पतालमा भर्ना भएकी थिइन् । श्रेष्ठलाई शुक्रवार अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको नजदिकी स्रोतले जानकारी दिएका हुन् । उनी २०२३ सालमा भूमि सुधार विशेष अदालतमा पहिलो महिला न्यायाधीश बनेर न्याय सेवामा प्रवेश गरेकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् ।