काठमाडौं । नेपालमा संस्था खोलेर विदेशी धन्दा चलाई विदेशी राष्ट्रहरको भक्ति गाउने भ्रष्टहरु अहिले संकटमा परेका छन् ।
कानुन ऐन नियमको ख्याल नगरी आफ्नो निहित स्वार्थमा जसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको गरिमा राख्दैनन्, त्यही कारणले गर्दा अमेरिकी पुँजीपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि नेपालीहरुलाई दिँदै आएको सहयोग काट्दा एनजीओ, आइएनजीओहरुको ओठतालु सुकेको छ । देशको ५८ अर्ब विद्युत महसुल झ्वाम पार्नेहरुले ट्रम्पको शासन आएपछि ५६ अर्ब अनुदानबाट बन्दै गरेको एमसीसी परियोजनाको लगानी पनि स्थगित भएको घटनालाई शिक्षाको रुपमा लिनुपर्दछ । युएसआईडी नामक अमेरिकी आइएनजीओबाट सञ्चालित शिक्षा, स्वास्थ्य, संचारको क्षेत्रमा केन्द्रित नेपालको समाज कल्याण परिषद्मा दर्ता भएर सोझै अनुदान लिने संस्थाहरु धर्म संकटमा परेका छन् ।
नेपाली राष्ट्रिय स्वाभिमानमाथि धावा बोल्दै आएका भ्रष्ट व्यक्तिहरु एनजीओकर्मीमाथि जसरी संकट आइपरेको छ, त्यसले आफ्ना लागि आफै खटिनुपर्ने स्थिती सिर्जना भएको छ । सरकारले राष्ट्रियताको रक्षा गर्न सक्दैन । कुर्सी र पद जोगाउन छिमेकीको गुलामी गर्नु परिरहेको छ । सरकार परनिर्भर भएको अवस्था छ । त्यो दास प्रवृत्तिमाथि अमेरिकी साम्राज्यवादीहरूको ठूलो प्रहार हो । भन्ने कुरा शिक्षाको रूपमा लिनुपर्नेछ । एमसीसी परियोजनाबाट प्रधानमन्त्रीका बिचौलीयाहरु झस्कीएका छन् ।