राष्ट्रिय आविष्कार केन्द्रद्वारा पाँच सय उपकरण मर्मत

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका उपकरणको मर्मत गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रले १७ वटै संघीय अस्पतालका बिग्रिएको पाँच सय उपकरणको मर्मत गरेको हो ।

स्वास्थ्य तथा जनस‌ख्या मन्त्री पौडेलले गत भदौ १८ गते १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए । सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा पाँच सय उपकरणको मर्मत भएको हो । ६ सय ६१ वटा उपकरणको मूल्यांकन गरिएकामा पाँच सयको मर्मत सम्पन्नहुँदा २३ लाख २० हजार रुपैयाँमा ती सामाग्रीको मर्मत सम्पन्न गरेको केन्द्रले जानाएको छ । बजार मूल्य २४ करोड ३० लाख लाग्ने उपकरण मर्मत गरिएको छ ।

सरकारको निकै न्यून खर्चमा ती उपकरणको मर्मत भएको केन्द्रको दावी रहेको छ । बाँकी अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न तयार रहने केन्द्रले उल्लेख गरेको छ । केन्द्रले गरेको मर्मतमा सामान्य तार जोड्नेदेखि थप सामग्री मगाएर गरिएका जटिल मर्मत पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *