काठमाडौं । क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसबाहेक चीन विरुद्ध नयाँ १० प्रतिशत लेवी पनि सुरु गरिएको छ।
करको बदलामा क्यानडाले पनि अमेरिकाबाट आयात हुने घरायसी सामान, सुन्तलाको जुस, वाइन, स्प्राइड, बियर र कफी लगायत सामानमा २५५ भन्सार शुल्क लगाउने घोषणा गरेको छ। चीनले पनि मार्च १० देखि अमेरिकाबाट आयात हुने धेरै सामानहरूमा १० देखि १५५ सम्म कर लगाउने बताएको छ। चीन अमेरिकी उत्पादनहरूको सबैभन्दा ठूलो आयातकर्ता मध्ये एक हो।
ट्रम्पको करको छलफलको बीचमा, मंगलबार अमेरिकी शेयर बजार गिरावटका साथ खुल्यो । धेरै ठूला अमेरिकी कम्पनीहरूको शेयरमा लगभग १ प्रतिशतको गिरावट देखियो।
यस्तो कर युद्धले अमेरिकामा स्मार्टफोन सहित धेरै वस्तुहरूको मूल्य बढाउन सक्ने विश्वास गरिएको छ। भन्सार भनेको अन्य देशबाट आयात गरिने सामानहरूमा लगाइने कर हो।अर्को देशबाट विदेशी सामान आयात गर्ने कम्पनीहरूले यो कर सरकारलाई तिर्नुपर्छ। यो सामान्यतया सामानको मूल्यमा थपिन्छ।