लोकसेवा आयोगबाट पाँच सय चिकित्सक ल्याउने तयारी

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लोकसेवा आयोगबाट पाँच सय चिकित्सक ल्याउन मन्त्रिपरिषद्‌बाट स्वीकृति लिइसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबारे जानकारी गराएका हुन् । चिकित्कसहरूको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गर्दै उनले श्रम ऐनले तोकेको पारिश्रमीक कम्तिमा उपलब्ध गराउनै पर्ने व्यवस्था कडाइका साथ लागू गर्नेगरी सरकार अघि बढिरहेको जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *