गोरखामा निःशुल्क स्वास्थ्य शिविरबाट सात सय ७४ जना लाभान्वित

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । धार्चे गाउँपालिका–२ केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् ।

काठमाडौंस्थित ग्रीन सिटी हस्पिटलको प्राविधिक सहयोगमा मुटु फाउन्डेसनले आयोजना गरेको शिविरमा एक सय १७ जनाको पाठेघरको मुखको क्यान्सरको ‘भीआइए’ जाँच गरिएको फाउन्डेसनले जानकारी गराएको हो । शिविरमा एक सय ७७ जनाले स्त्री तथा प्रसूति र तीन सय ३४ जनाले नाक, कान र घाँटी, एक सय ५६ जनाले युएसजी र ७२ जनाले इसिजी सेवा लिँदा शिविरमा पाठेघर खस्ने समस्या भएका १० जनामा ‘रिङ प्रेसरी’ राखेर उपचार गरिएको समेत उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *