नेपाली जनताले नेपाल राष्ट्रको अस्तित्व संकटमा पर्दै गएको महसुस गरीरहेका छन् । दलहरुले फैलाएको भ्रम र उक्साईको पछि लागेर नेपाली जनताले ३६ बर्ष गुजारी सकेकाछन । त्यसरी नै अब दलहरुलाई हेर्ने बुझ्ने थप समय दिएर नेपाली जनताले नेपाल राष्ट्र कै अस्तित्वलाई समाप्त पार्न चाहेका छैनन् । दलहरुले नेपाली जनतालाई राजतन्त्रको बिरुद्ध बनाउन फैलाएका सबै भ्रमहरु झुटा थिए भन्ने कुरा नेपाली जनताले अहिले आएर बुझीसेकाकछन । त्यसकारण एकपल्ट फेरि राजा कै साहारा लिएर नेपाली जनताले दलका बहुरुपी नेताहरु देखि नेपाल राष्ट्रलाई जोगाउने प्रयास थालेका छन् । नेपाल राष्ट्र एकफल्ट फेरि ‘राजा आउ देश बचाउ’ को नाराबाट गुञ्जयमान भइरहेको छ ।
दलका मिटरब्याजीहरु, सहकारीहरु, वित्त कंपनीहरु, लघुवित्त बैंकहरु, निजी बैंकहरु, निजी अस्पतालहरु र निजी स्कुलहरु, निजी कलेजहरु र निजी विश्वविद्यालयहरु समेतको ठगी धन्दाबाट पीडित भएका नेपाली जनता राजा सित आफ्नो बचाउको निमित्त हरगुहार मागीरहेका छन् । पहिलेका शामन्तीहरु अहिले मिटरव्याजी, सहकारीका सञ्चालक, वित्त कंपनीहरुको सञ्चालक, लघुवित्त बैंकहरुको सञ्चालक, निजी बैंकहरुको सञ्चालक, निजी अस्पतालहरुको सञ्चालक, निजी स्कुलहरु, कलेजहरु र विश्चविद्यालयहरुको सञ्चालक बनेर नेपाली जनतालाई पीडित बनाईरहेका छन् । दलका शीर्ष नेताहरुले पीडितलाई न्याय दिन वेवास्ता गरेपछि नेपाली जनताले नेपाल राष्ट्रको संस्थापक राजपरिवारलाई सम्झेका छन् । २४३ बर्ष पहिले श्री ५ बडामहराजधिराज पृथ्वी नरायण शाहाले नेपाल राष्ट्रको स्थापान गरेको हुँदा आज हामीलाई संसारले नेपाली जनता भनेर चिन्ने गरेका छन् ।
नेपाली सेनाको स्थापना पनि उहाँले नै नेपाल राष्ट्रको स्थापना गर्ने र सुरक्षित पारी राख्ने उद्देश्यले २६० बर्ष अगाडि गर्नु भएको थियो । अहिले त्यो गौरवमय नेपाली सेनालाई सडक बनाउने ठेकेदारको रुपमा दलहरुले दुरुपयोग गर्दै आएका छन् । “आफै राँड देशै भाँड“ भन्ने जनउक्ती अनुसार दलहरु चलेका हुँदा आफै जस्तो महाभ्रष्टाचारी नेपाली सेनाका जर्नेलहरुलाई पनि बनाउने प्रयास गर्दैछन् । एकपल्ट भ्रष्टाचारको लत लागेपछि नेपाली सेना जस्तो अनुशासित पल्टन पनि राजनीतिक दलहरु जस्तै बिग्रिएर सम्हाली नसक्नु हुनेछन् ।
स्वर्गिय प्रधानमंत्री गिरिजा प्रसाद कोईरालाले मओवादी जस्तो फलामे अनुशासन भएको कम्युनिष्ट दललाई १२ बुँदे दिल्ली सम्झौता गरी जंगलबाट सहरमा ल्याएर सत्तामा पुर्याएका थिए । उहाँ दुरदर्शी नेता भएको हुँदा माओवादीहरु बिस्तारै भ्रष्टाचारमा लाग्ने अनि पतित भएर जाने अनुमान पहिले नै लगाएका थिए । आज आएर हेर्नुहोस स्वर्गिय प्रधानमंत्री गिरिजा प्रसाद कोईरालाको सोअनुमान फलीभुत भएको छ । आज सम्म आईपुग्दा माओवादी दलका नेताहरु भ्रष्टाचारीको बाउ बनेर निस्केका छन् ।
कोही माओवादी दलका नेताहरु बलात्कारी, कोही सुन तस्कर र कोही मानव तस्कर भएर निस्केका छन् । अपराधको हिसाबले मओवादी माथि पहिले देखि नै १७ हजार नेपाली जनताको ज्यान जाने गरी जनयुद्ध सञ्चालन गरेको आरोप कायम नै छ । जनयुद्धको नकारात्मक प्रभावहरुको व्यवस्थापन गर्न बनेको सत्यनिरुपन तथा मेलमिलाप आयोग आफै दलहरुको कुण्ठित राजनीतिक सिकार भएर न यता न उता बनेर लट्की बसेको अवस्था छ । दलहरुको यस्तो चालामालाले गर्दा दलहरुलाई जति समय दिएपनि त्यो खेर जाने र कुनै राजनीतिक निकास नआउने कुरा नेपाली जनताको अन्तरआत्मामा छाप परिसकेको छ ।
दलहरुको नेपाल राष्ट्र विकास, समृद्धि र सुखी नेपालीको नारा एमाले शीर्ष नेता प्रधानमन्त्री ओलीको उखानको टुक्का जस्तै पातलिएर गएकाले प्रभावहिन भईसकेकोछ । नेपाली जनताले दलहरुले ल्याएको राजनीतिक व्यवस्था संघियता र गणतन्त्रलाई खारेज नगरे सम्म नेपाल राष्ट्रको अवस्थामा कुनै ठोश परिवर्तन नआउने कुरा बुझिसकेकाछन । संघियता र गणतन्त्रले नेपाल राष्ट्रको खर्च मात्रै बढाएको छ भने त्यसबाट जनजीविकाको अवस्थामा कुनै सुधार ल्याउन सकेको छैन ।
संघियता र गणतन्त्रले गर्दा नेपाल राष्ट्र र नेपाली जनता बिदेशी ऋण र मंहगीको बोझमुनी दव्दै गएकोछ । राजतन्त्र र पञ्चायतकालमा आत्मनिर्भर रहेको नेपाल राष्ट्रलाई दलहरुले पूर्णकालिन परनिर्भर राष्ट्रमा रुपान्तरित गरिसकेका छन । राजतन्त्र र पञ्चायत कालमा भव्य उत्पादन गरी नाम कमाएका सरकारी उद्योगहरुलाई निजीकरण गर्ने बाहानामा सरकारी उद्योगहरुको नामनिशाना नै मेटाउँदै लाने कामलाई दलहरुले मिलेरै निरन्तरता दिइरहेका छन् । नेपाली युवालाई स्वदेशमा रोजगारी दिन नसकेपछि दलहरुले वैदेशिक रोजगारीको विकल्प निकालेका हुन जसको प्रभावले नेपाल सुनसान मुलुक बन्दै गएको छ । नेपालको सामाजिक संरचनामा र जीबन पद्धतिमा नै दलहरुको वैदेशीक रोजगार नीतिले धेरै नकारात्मक परिवर्तन ल्याईसकेको छ । नेपालमा काम गर्ने र पढ्ने उमेरका युवापिढीको अभाव खटकिन थालेको छ । नेपाली सेना, सशस्त्र प्रहारी बल र नेपाल प्रहारीमा अधिकृत क्याडेटको कमी हुन थालेको छ ।
स्कुलहरु, कलेजहरु र विश्वविद्यालयहरुमा पढ्ने विद्यार्थीहरुको पनि धेरै अभाव हुन थालीसकेको छ । यसले गर्दा नेपाल राष्ट्रको अस्तित्व संकटमा पर्दै गएको महसुस हुन थालेको छ । नेपाली जनता भन्दा बाठा दलका नेताहरुले पनि यो कुरा बुझेको हुनुपर्छ तर बुझ पचाईरहेका छन । दलहरुले अहिले सम्म गर्दै आएको लापरबाहीलाई रोकेर नेपाल राष्ट्रको अस्तित्व र भविष्यालाई सुनिश्चित पार्नको निमिक्त राजाको नेतृत्वको अभाव खड्कीरहेको छ । आरोपितहरुबाट खुलारुपमा घुष खाने र दान भनेर अरबौं रकम सार्वजनिक कार्यक्रम नै गरी लिने एमाले शीर्ष नेता प्रधानमंत्री ओलीबाट नेपालको अस्तित्वको रक्षा हुन सक्दैन ।
सत्यतथ्य कुरा के हो भने समग्रमा दलहरुबाटै नेपाल राष्ट्रको अस्तित्वको लागि ठुलो खतारा छ भने एमाले शीर्ष नेता प्रधानमंत्री ओली जस्ता अल्पज्ञानी नेताहरुबाट प्रत्येक्ष खतारा छ । ओली सरकारको मंत्रीमण्डललाई हेरेपछि नै सहज अनुमान लगाउन सक्छौ कि नेपाल राष्ट्र र नेपाली जनता सुरक्षित छैन र ठुलो संकटमा छन । अल्पज्ञानी र महाभ्रष्ट आर्थिक अपराधीहरु मात्रै मंत्री भएका ओली सरकारले गर्नसक्ने भनेको काम थप भ्रष्टाचार र आर्थिक अपराध गर्ने बाहेक अरु केही छैन । घरजग्गाको दलाल सित घरेटी नै घुष लिएका त अर्थमंत्री छन । त्यस्ता मंत्रीलाई माडवाडी व्यापारीहरु र व्यवसायीहरुले टेरपुच्छर लाउँदैनन् ।
वास्ताविक रुपमा भन्नु पर्दा ओली सरकार तिनै माडवाडी व्यापारीहरु र व्यवसायीहरुबाटै निर्देशित र नियन्त्रित छन । एमाले दल खासगरी ओली सरकारको स्वार्थ समूह भनिने माडवाडी व्यापारीहरु र व्यवसायीहरु सित भित्री रुपमा रहेको साँठगाँठ कै कारण बदनाम मात्र होइन महाबदनाम भईरहेकाछन । नेपालको अस्तित्व जोगाउनको निमिक्त यस्तो सत्तामा भएको राजनीतिक दलहरु र व्यापारीहरु र व्यवसायीहरु बिचको नेक्सस् वा सिण्डिकेटलाई तुरन्तै तोडीहाल्न जरुरी छ । यस्तो काम दलहरुले गर्दैन किनकि दलहरुले नै आफ्नो फाईदाको निमिक्त राजनीतिबाट प्रेरित सिण्डिकेट चलाएका हुन ।
तसर्थ यसलाई तोडेर नेपाल राष्टको अस्तित्व र नेपाली जनताको भविष्य सुनिश्चित तुल्याउनको निमिक्त राजाको नेतृत्च नेपालमा अपरिहार्य रहेकोछ । राजाले पनि नेपाली जनताको राजनीतिक समस्यालाई बुझेर त्यसबाट नेपाली जनता र नेपाल राष्ट्रलाई उद्धार गर्नको लागि आफु राष्ट्रको नेतृत्व लिन त्ययार भएको कुरा सार्वजनिक गरीसकेकाछन । ढिलो चाँडो अब दलहरुको पतन हुन्छ त्यसको सुनिश्चितता दलहरु आफैले नेपाली जनताको अगाडि नांगिएर जताईसकेका छन । सरकार हो ढल्न ढाल्न समय लाग्छ त्यसकारण राजाको पक्षधरहरुले हतार गर्न जरुरी छैन । धर्यताको साथ सबैले तालमा ताल मिलाएर बढाएको कदमहरुले मात्रै सफलताको शिखरलाई सजिलै र सहजै चुम्न सकिन्छ । नेपाल राष्ट्रको अस्तित्व र नेपाली जनताको राष्ट्रियता नै संकटमा परेको यो बेलामा धर्यवान राजनीतिक नेतृत्वको जरुरी हुन्छ । दलहरु सित त्यस्तो दुरगामी भिजन नभएको हुँदा राजनीतिको लामो दुरीको यात्राको लागि धर्यधारण गर्नै सकेनन् ।
फलस्वरुप निजी स्वार्थ पुरा गर्नको निमिक्त राजनीतिमा भ्रष्टाचार र अपराधको मार्गलाई अपनाएका छन । यसको परिणाम भनेको के हो भने दलका नेताहरु भ्रष्ट र आर्थिक अपराधी भएर निस्केका छन । त्यागले शक्ति प्राप्त हुन्छ भने लोभले संकट निम्त्याउने हुँदा दलका नेताहरु अहिले संकटको भुँमरीमा परेका छन् । त्यसबाट सजिलै मुक्त हुने वा उम्किने सम्भावना न्युन छन् । तर संकट त संकट नै हो, त्यो पनि राष्ट्रकै अस्तित्वको संकट कुनै मामुली कुरो होइन । अहिले नेपालमा जनयुद्धताका १७ हजार नेपाली जनताको ज्यान गएको कुराको ठुलो चर्चा छ । नेपाल राष्ट्रको स्थापना गर्दा ठुला ठुला युद्धहरु भएका थिए त्यसमा के कतिको ज्यान गयो कुनै चर्चा वा हिसाव किताप छैन ।
इतिहासको कुनै पन्नामा त्यो बलीदानीको उल्लेख गरिएको होला तर धेरै पुरानो जमानाको कुरा भएको हुँदा दन्ते कथा झै भईसकेका छन । श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहाले नेपाल राष्ट्रको स्थापान गरेको भएपनि उहाँलाई सघाउने बिसे नगर्ची, जसवीर कामी, मणिराम गाईने र बाङग्रे सार्कीहरुको अतुलनीय योगदानहरु पनि समावेश छन । त्यसकारण दलहरुको मूर्खताले नेपाल राष्ट्रको अस्तित्व जोगाउन सकिएन भने नेपाल राष्ट्रको पितृहरु सबैबाट नेपाल जनता श्रापित बन्नेछन । त्यसकारण दलहरुको भ्रष्टाचार र अपराधको कारण नेपाल राष्टको शीरमा आईरहेको संकटलाई टार्न नेपाली जनता राजाको साथमा तालमा ताल र कदममा कदम मिलाएर दलहरुको कुशासनको विरुद्ध अगाडि बढ्नुपर्छ ।