पत्रकारको संसद् प्रवेश पास निलम्बनको विषयमा विरोध

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रवेश पास निलम्बनको कारण खोज्दै संसदमा विरोध गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले बुधबार पत्रकारको पास संसद सचिवालयले निलम्बन गर्नु उचित नरहेको बताउँदै त्यसको बिरोध गरेका हुन् । हिटलर हो भनेर सोधेको आधारमा दुईजना पत्रकारको पास संघीय संसदले संघीय संसद्ले निलम्बन गरेकोमा आपत्ति जनाउँदै उनले सरकार पनि हिटलरको जस्तै प्रयासमा रहेको आरोप समेत लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर पत्रकाद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।

संसद् सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *