नेपालले युगाण्डाविरुद्ध पहिला बलिङ गर्दै

खेलकुद समाचार

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगाण्डाविरुद्ध खेल्दै छन् ।

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने भएकी छन् ।

आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *