काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यान्वयनमा ल्याएको करको निर्णयपछि अमेरिकाको सेयर बजारमा ठुलो असर देखिएको छ।
सन् २०२२ पछि एकै दिन अमेरिकाको सेयर बजारमा अत्यधिक प्रभाव राख्ने नास्डकमा सोमबार चार अंकले गिरावट आएको हो । टेस्लाको शेयर १५.४ ले घटेको छ। चिप मेकर नभिडियाको सेयर पाँच प्रतिशतले घटेको छ। मेटा, अमेजन र अल्फाबेटको शेयरमा पनि नकारात्मक प्रभाव परेको छ।
राजनीतिक विवादको बारेमा सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राजनीति अहिले सङ्क्रमण कालमा रहेको बताए लगत्तै यसको असर सेयर बजारमा परेको छ। बिहीबार रेकर्ड गरिएको फक्स न्युजको अन्तरवार्ता आइतबार प्रसारण भएको थियो। उनले अमेरिका लागि धेरै गरिरहेका कारण यो सङ्क्रमण काल भएको बताएका थिए।
सोमबार ह्वाइट हाउसका प्रवक्ता केस देसाइले औद्योगिक नेताले ट्रम्पको करको निर्णय लगायत एजेन्डालाई साथ दिनुपर्ने बताएका छन्।
गत साता शेयर बजार उत्साहित थियो। एक साता अघिसम्म नोभेम्बरमा राष्ट्रपति पदमा ट्रम्प निर्वाचित हुनु अगाडिकै अवस्थामा रहेको सेयर पछिल्ला दिन ओरालो लागेको हो। धरै लगानीकर्ता अहिले विदेशबाट आउने कच्चा पदार्थमा कर लगाउने निर्णयको असरका कारण डराएका छन्।