काठमाडौं । माओवादीकालमा माओवादी बनेर वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको चेम्बरमा पुगेर दरबारसँग जोडिएका मुद्दा नहेर्न दबाब दिने योगेश भट्टराई अहिले नागिँदै छन् । भट्टराईले चन्द्र ढकालसँग करोडौं रुपियाँ लिएर पाथिभरामा नो केबलकार पक्षधरहरूसँग सशस्त्र प्रहरीलाई भिडाउँदै छन् । जनयुद्ध कालमा राजेश काजी श्रेष्ठ, केशव स्थापितसँग मिलेर चिनियाँ पेस्तोलको तस्करी गर्ने समूहलाई नेकपा एमालेको तस्करी टिम भन्ने गरिन्थ्यो । आज स्थापित कता हराए ?राजेश काजी श्रेष्ठ ज्याठातिर होटल चलाउँदै चेम्बर अफ कमर्स छान्दैछन् ।
तर एमालेका सचिव योगेशलाई आफ्नै गृह जिल्ला ताप्लेजुङको पीडा खेपी रहेका छन् । योगेसले ढकालको पैसा खाइसके । अब जनताको बीचमा कसरी जान्छन् । जहाँ जनजातिको मतबाट उनी निर्वाचित भएका सामसद हुन् । चुनावमा माओवादीसँग झिनो मतले विजयी हासिल गरेका थिए । भट्टराईलाई एमाले अध्यक्ष केपी ओलीले पनि पत्याउन छाडेका छन् । पार्टी सचिव भएतापनि भट्टराईको शैली बतास समूहसँगको सम्बन्धले छर्लङ्ग बनाएकै छ । भट्टराईले नारायणहिटीमा रेष्टुरेन्ट चलाउन सुईकृती दिएकै थिए ।