काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स मार्फत् ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो सात दशमलव तीन प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८ दशमलव आठ प्रतिशतले बढेको थियो ।
मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले गत माघमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब आठ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १६ दशमलव एक प्रतिशतले बढेको हो । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।
गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) चार दशमलव१६ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव एक प्रतिशत थियो ।
सात महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति चार दशमलव९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६ दशमलव५९ प्रतिशत र तीन दशमलव ९८ प्रतिशत रहेका थिए ।
सात महिनामा उच्च शिक्षाका लागि शिक्षातर्फको अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब ३८ करोडले घाटामा थियो ।