महिला नेतृत्व सम्मेलन चैत्रको पहिलो साता हुँदै

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । नेपाल उद्योग परिसंघले महिला नेतृत्व सम्मेलन चैतको पहिलो साता आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले २०२५ अन्तर्राष्ट्रिय स्तरको दोस्रो महिला नेतृत्व सम्मेलन यही चैत्र ३ गते काठमाडौंमा आयोजना गर्ने जनाएको हो । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनमा प्रविधि र इनोभेसन , वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन, बीवेण्ड बाउन्ड्रिज विषयमा सत्रगत रूपमा छलफल हुने परिसंघले जनाएको छ ।

महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा गहन रूपमा छलफल हुने बताएको छ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरूसहित करिब पाँच सय जनाको सहभागिता हुनुको साथै सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *