३० दिनका लागि युद्धविराम गर्न युक्रेन तयार

विविध समाचार

काठमाडौं । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो ।

ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि बाहिरिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी अधिकारीहरुले जेद्दामा पहिलोपटक वार्ता गरेका थिए । सो वार्तामा अमेरिकाले राखेको ३० दिनको युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरेको हो । साथै अमेरिकाले युक्रेनलाई रोकेको सहायता जारी राख्ने र खनिज खानीसम्म अमेरिकाको पहुँच दिने विषयमा युक्रेन सहमत भएको छ ।रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ । यो बीचमा युक्रेन युद्धविरामका लागि तयार भएको पहिलोपटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *