आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा शिक्षकहरुको धर्ना

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिने भएका छन् । उनीहरुले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै दिउँसो १ बजेदेखि ३ बजेसम्म ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना दिने भएका हुन् ।

नेपाल शिक्षक महासंघले आज दिउँसो एमाले पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिएको छ । संघले भोली फागुपूर्णिमाका दिन धर्नाका कार्यक्रम नरहेको जनाएको छ । उनीहरुले आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्नाको कार्यक्रम तय भएको छ । यस अघि मंगलबार महासंघले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ । बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरुले अगाडि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *