संसदमा खुला यौन व्यवसाय गर्ने प्रस्तावको विरोध

राजनीति समाचार

काठमाडौं । यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध भएको छ ।

सोमबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको बताएका छन् । आकस्मिक समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले यस्तो प्रस्ताव आउनु गलत रहेको बताएका छन् । ‘यौन व्यावसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होइन ?’ उनले सरकारलाई प्रश्न गरेका छन् ।

‘देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले,’ उनले भने, ‘यो व्यवसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आउन लागेको त होइन ?’ उनले नेपाल देवभूमि भएको बताउँदै,‘यो देश देवभूमि हो, माता सीता र भृकुटीको हो । यो देवी पूजनको भूमि हो । यो देश बुद्ध जन्मेको भूमि हो । यही दिनका लागि गणतन्त्र ल्याएको हो ? यही दिनका लागि राजा फ्याँकेको हो ?,’ भनि उनले प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पर्यटक भित्र्याउन नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।यस्तो भनाइको संसदमा विरोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *