नागरिक लगानी कोष ३५औं वर्षमा : अवसर र चुनौती

Uncategorized अर्थ/वाणिज्य समाचार

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो स्थापनाकालको ३५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कोषले नयाँ वानेश्वरस्थित आफ्नै भवनमा वृहत्त कार्यक्रको आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको हो । सो कार्यक्रमको अध्यक्ष कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की, प्रमुख अतिथि अर्थसचिव घनश्याम उपाध्यक्ष रहेका थिए भने अतितिथिहरुमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल टेलिकमकी कार्यकारी निर्देशक संगीता पहाडी, एनएमबी बैंकका कार्यकारी अधिकृत सुनिल केसीलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोषले अवकास प्राप्त र बीस वर्ष सेवाअवधि पार गरेका विभिन्न कर्मचारीहरुलाई सम्मान र पुरस्कार वितरण गरेको थियो । त्योसँगै उत्कृष्ट सेवा प्रदान गर्ने विभिन्न कर्मचारीहरुलाई पुरस्कार र सम्मान प्रदान गरेको थियो । देशमा प्रजातन्त्र पुनःस्थापना पछि २०४७ सालमा स्थापना भएको कोषले ३४ वर्ष पार गरी ३५ औं वर्ष प्रवेश गरेको छ । २०४७ सालमा २ करोड ४७ लाख जारी पुँजीबाट सञ्चालन सुरु गरेको कोषले अहिले २ खर्ब ७० अर्ब संकलन गर्न सफल भएको छ ।

त्योसँगै कोषले हवाइ क्षेत्रलगायत विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरेको छ । २०४७ सालमा पुतलीसडकस्थित घर भाडामा लिएर सञ्चालन थालेकोे कोषले अहिले नयाँबानेश्वरमा आफ्नै आलिसान भवन निर्माण गरी कार्यालय सञ्चालन गर्न सफल भएको छ । कोषले सरकारीदेखि गैरसरकारी संघसंस्थाका कर्मचारीहरुसँग छरिएर रहेको पुँजीलाई संकलन गरी विभिन्न आयआर्जन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै आएको बताइएको छ । त्यसैगरी कोषले सरकारी र गैरसरकारी संघसंस्थामा लगानी गरेर पुँजी वृद्धि गरे तापनि नेपाल वायुसेवा निगमलाई दिएको ऋण भने सावा ब्याजसमेत उठाउन सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *