लामिछाने स्वर्णलक्ष्मीसँग सम्बन्धित मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै

समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पाटन उच्च अदालत जाँदै छन् ।

उनले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध आज पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउने भएका हुन्।
शुक्रबार ११ बजे अदालत जाने लामिछानेको सचिवालयले जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *