मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विधेय दर्ता

विविध समाचार

काठमाडौं । नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुन अनुसार कारबाहीमा पर्ने भएका छन् ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यो सम्बन्धमा पर्याप्त कानुनी प्रवन्ध नगरेको भन्दै सरकारले संशोधन विधेयक ल्याएको छ । यो विधेयक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सोमबार प्रतिनिधि सभामा दर्ता गरेका हुन् । प्रचलित ऐनको दफा १ मा यो ऐन नेपालभर लागू हुने र नेपालबाहिर बसी नेपाली नागरिक विरुद्धको कसूर गरेको व्यक्तिको हकमा समेत लागू हुने भनिएको छ ।

स्वदेशमा वा विदेशमा मानव बेचबिखन तथा ओसारपसारको कसुरको आरोप लागेका व्यक्तिलाई कानूनको दायरामा ल्याउने, तथा दण्ड सजायको दायरालाई फराकिलो बनाउने उद्देश्यले ऐन संशोधन गर्न लागिएको हो । संगठित अपराधको रुपमा विश्वभर फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरणक्ष गर्ने, बेचबिखनको उच्च जोखिममा रहेका तथा बेचबिखन तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँचको सुनिश्चितत्ता गर्न विधेयक ल्याइएको मन्त्री सुडीले बताएका छन् ।

यसलाई थप फराकिलो गर्दै प्रस्तावित विधेयकमा नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि कारबाहीमा पर्ने प्रावधान राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *