प्रहरी हस्तक्षेपसँगै राजावादीको आन्दोलनमा झडप

राजनीति समाचार

काठमाडौं । राजावादी र प्रहरीबिचको झडपसँगै तीनकुनेमा जारी कार्यक्रम प्रभावित बनेको छ ।

राजावादीहरू स्थानीय प्रशासनले निर्धारण गरेको तीनकुने क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको हो ।

प्रहरीले आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताएको छ । सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । अहिले पनि तीनकुने क्षेत्रमा राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा नाराबाजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *