माइतीघर मण्डलाबाट शिक्षकको नयाँ चरणको आन्दोलन सुरु

विविध शिक्षा/स्वास्थ समाचार

काठमाडौं । शिक्षकहरुले आजदेखि नयाँ चरणको आन्दोलन दिउँसो १ बजेबाट माइतीघर मण्डलाबाट सुरु गर्ने भएका छन् ।

विद्यार्थी तहको वार्षिक परीक्षा सकेर उनीहरूले काठमाडौंकेन्द्रित विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलन सुरु गर्न लागेका हुन् । शिक्षकहरूले माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने घोषणा गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट चार लाख शिक्षक कर्मचारी सहभागी हुने नेपाल शिक्षक महासंघले जिकिर गरेका छन् ।
आन्दोलनमा आउन लागेका शिक्षकलाई महासंघले १० बुँदे निर्देशन दिएको छ । हिउँदे अधिवेशनमा पनि विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत नभई संसद अधिवेशन अन्त्य भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने यसबारे छलफल जारी छ ।

समितिले वार्ताका माध्यमबाट समस्या समाधान हुने भएकाले आन्दोलन त्यागेर छलफलका लागि आउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *