आईजीपी भन्दा शक्तिशाली एसपी

प्रमुख राजनीति समाचार

काठमाडौं । राजनीतिक भिटो लगाएर कार्यसम्पादनमा कमजोर भएपनि भानु देउवाका ज्वाई डिआइजी भए । सशस्त्रका आइजीपी राजु अर्यालले फौजभित्र लागू गरेको अनुशासन तोडियो । कांग्रेस र एमालेको भागबण्डामा पाँच जना एसपी एसएसपी बनाउने दबाब पनि गृह मार्फत आइजीपीसम्म जाँदैछ । सशस्त्रले आन्तरिक नीति जस्तो बनाए पनि एसपीहरु ध्रुव कार्की, यादव विक, अशोक बम, जनकपुरी वीरेन्द्र ऐर, टोप खनालको कडा प्रतिस्पर्धा भएको समाचार स्रोतले बताउँछ । यो समूहभन्दा पछिका दीपक थापा, समीक महर्जन, दिपेन्द्र कुँवर पनि चलखेलमा कम छैनन् । उनीहरू शक्तिशाली ठानिन्छन् ।

सशस्त्रमा आन्तरिक सरुवा बढुवामा आइजीपीले सहयात्री एआइजीहरू नारायण दत्त पौडेल र वंशी दाहाललाई साथ लिने गर्छन् । चन्द्रप्रकाश गौतम खान्न खान लोकाचारका धनी झापाली भएकोले संगठनमा धेरैले पत्याउँदैनन् । सेनाबाट आएको म उनको गर्व त्यही हो । उनी वैशाखमा अवकाश हुनेछन् । एसपीबाट एसएसपी हुनेको राजनीतिक पहुँचले आफै कांग्रेस पक्षधर भएर पनि दिक्क मानेका आइजीपी अर्याललाई वैशाखमा हुने एआइजी एक पदको बढुवामा टेन्सन छैन । किनकि डिआइजी गणेश ठाडा मगर र कमलगिरीमध्ये जोसुकै एआइजी भएपनि वञ्चित दाहालपछिका आइजीपी हुने हुन् । नेपाल प्रहरीमा दीपक थापा पाँच महिना १४ दिन आइजीपी भएजस्तै सशस्त्रमा एक वर्षभित्र दुईजना आइजीपी हुने अवस्था छ ।

अहिलेको प्रहरी ऐन संशोधनबाट पारित हुँदा पनि आइजीपी थापाको अवधि ६ महिना थप हुने हो । सेवा अवधि ३० वर्ष उमेरहद ५८ ले फौजमा जागिरको समय निर्धारण हुन्छ । डीआइजी र एआइजीको समय पनि तोकिएको छ । सशस्त्रको पनि त्यही हो । सरकारले चाहेमा एक वर्ष थप गर्न सक्छ । डिआइजी ठाडा र गिरी एक वर्ष थपमा परेका पात्र हुन् । दुवै पूर्वको धरान र भोजपुरे हुन् । ठाडाको प्रधानमन्त्री ओलीसँग राम्रो सम्बन्ध छ भने गिरी कांग्रेसका ज्ञानेन्द्र कार्कीको निकट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *