काठमाडौं । अन्तत गभर्नर नियुक्ति प्रक्रियामा नयाँ ट्विस्ट आएको छ । यस अघि चर्चामा रहेका वैकर,डेपुटी गभर्नरहरुलाई पछि पार्दै विचौलियाहरुको समूहले नयाँ व्यक्तिलाई अगाडि सारेपछि गभर्नर पर्दा बाहिर र चर्चामा नरहेका पात्र गभर्नर नियुक्ति हुने सम्भवना बढ्दै गएको छ । साढे तीन महिना मुख्य सचिव चलाएका राजेन्द्र क्षेत्रीलाई विचौलिया समूहले बोकेसँगै गभर्नर नियुक्ति प्रक्रिया नयाँ मोडमा पुगेको छ ।
यस अघि गभर्नर नियुक्ति हुने लाइनमा चर्चामा रहेका पात्र थिए,नविल बैंकका सिइओ ज्ञानेन्द्र ढुङ्गनाका काका भतिजी । झापाली,पहिलो महिला,एमाले नाता लगाउँदै निलमलाई गभर्नर बनाइने चर्चा चल्दै आएको थियो । त्यही कारण आफ्ना प्रतिष्प्रर्धी वमबहादुर मिश्रविरुद्ध केही महिना अगाडि उनले दुव्र्यवहारको मुद्धा नै हालेकी थिइन्,महिला आयोगमा । महिला आयोगमा मुद्धा परेपछि चिढचिढाएका वमबहादुर मिश्रले सो प्रकरण अझैं सेटल गर्न सकेका छैनन् । यसका अलवा केही निजी बैंकका सिइओ,राष्ट्र बैंकका कार्यकारीजस्ता व्यक्तिहरुलाई पछि पार्दै बिचौलिया समूहले पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको नाम लिएर चलखेल सुरु गरेका मात्र छैन ।
पछिल्लो समयमा मापदण्डै हेरफेर गरिसकेको छ । हरेक नियुक्तिमा बिचौलिया हावी भएको र सरकार नै उनीहरुले चलाएको आरोप लगाउँदा पनि देउवा–ओलीको गठबन्धन एकपछि अर्को विवादित नियुक्ति गर्न लागेको हो । यस अघि विचौलिया दीपक भट्टकै प्रभावमा धितोपत्र बोर्ड, वीमा प्राधिकर,नेप्सेसम्म विचौलियाका एस म्यानहरु फिट भइसकेका छन् । गभर्नरका लागि राष्ट्रबैंकमै कार्यरत गुणाकर भट्ट, निलम ढुंगाना, प्रकाश श्रेष्ठका अलावा अशोक शेरचन, ज्ञानेन्द्र ढुंगानाहरु पनि दौडमा थिए ।
तर कांग्रेस सभापति शेरबहादुर देउवा र डा.आरजु राणाले ६६ बर्षीय पूर्व मुख्यसचिव राजेन्द्रबहादुर क्षेत्रीलाई गभर्नर बनाउनका लागि मापदण्डै संशोधन गरिएको छ । क्षेत्रीलाई गभर्नर बनाउन बिचौलिया दीपक भट्ट र जगदम्बा स्टीलका सुलभ अग्रवालहरुले चलखेल गरिरहेको स्रोतको दावा छ । कानुन समूहबाट निजामती सेवामा प्रवेश गरेका क्षेत्री प्रशासनमा सिफ्टमात्र भएनन् । विचौलियाकै इच्छा अनुसार मुख्य सचिवसम्म भए ।
०७४ असार २९ मा ३ महिने मुख्य सचिव नियुक्ति भएका क्षेत्रीलाई मुख्य सचिव बनाउनकै लागि कार्यकाल बाँकी हुँदै डा.सोमलाल सुवेदीलाई राजीनामा दिन लगाई एशियाली विकास बैंकको बैकल्पिक निर्देशकमा नियुक्त गरी मनिला पठाइएको थियो । बरिष्ठताका आधारमा धनबहादुर तामाङ मुख्यसचिव हुन्थे । यस अघि उर्जा सचिव हुँदा विचौलिया दीपक भट्टको इशारा अनुसार काम गरेका उनै क्षेत्रीलाई गभर्नर बनाउने चलखेल भइरहेकोे छ । पछिल्लो समय बैंक, वीमा, सेयर बजारमा कब्जा जमाएको बिचौलिया भट्ट–अग्रवाल समूहले कब्जा जमाउँदै आएको छ । यही समूहका एस म्यानलाई नेपाल राष्ट्रबैंकको नेतृत्वमा लैजाने तयारी हुँदैछ ।

