काठमाडौं । लोकतन्त्रमा बेथितिले मुलुकको राजनीतिलाई शिथिल बनाउँदै लगेको छ । ओली सरकारले आर्थिक क्षेत्र सुधारको योजना ल्याउन सकेको छैन । बरु वित्तीय क्षेत्रलाई दुई पार्टीका स्वार्थका अनुहारहरुलाई जागिरे बनाइदिएर दुनिया हँसाएको छ । जसको जहाँ योग्यता पुग्छ र क्षमता देखाउँछन् । त्यहाँ प्रतिस्पर्धामा व्यक्ति छनौट हुन्थ्यो भने ऐमाले भित्र अहिलेको आक्रोश बढ्ने थिएन । सरकारको निशानामा परेका राजनीतिक क्षेत्रका रवि लामिछाने सहकारी ठगीमा मुछिए । कांग्र्रेसका धनराज र एमालेकी रञ्जना कोइराला जोगाइए सरकारले गर्ने काम धेरै छन् ।
उद्योग चलाएर राजस्व नतिर्ने बिजुली बालेर महसुल नतिर्ने उद्योगीहरूले लगातार रड र सिमेन्टको मूल्य बढाउँदा उद्योगमन्त्री र ऊर्जामन्त्रीको खल्ती भरियो । तर प्रधानमन्त्रीले खराबलाई खराब भन्न सकेनन् । प्रधानमन्त्रीकै कारण मन्त्रीहरूले काम देखाएका छैनन् । प्रधानमन्त्रीलाई समेत चित्त नबुझेका विद्युत प्राधिकरणका कार्यकारीलाई मन्त्रिपरिषद्कै निर्णयले हटाइयो । ऐमाले अध्यक्षको सरकार सञ्चालनको चौथो सरकार जनमुखी बन्न नसक्नुको कारण राष्ट्रका साझा मुद्दामा ध्यान नजानु हो ।
संसदीय गरिमा बचाउनुपर्ने दलीय अभ्यासमा अध्यादेश प्रेम हावी भयो । साना दललाई लथालिंग पार्ने काम भयो । आफू मात्र ठूलो ठान्ने शैली भयो । सरकारले सक्थ्यो भने काठमाडौँका मेयर बालेन शाह र धरानका मेयर हर्क साङपाङ माथि पनि प्रहार गर्ने थियो । किनकि उनीहरु भ्रष्टाचार र व्यथितिले डुबेको सिंहदरबारको कुशासनमाथि बोल्न सक्ने व्यक्ति हुन् । सरकारलाई राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन आँखा चिकित्सक सन्दुक रोहितका काम पनि चित्त बुझेको छैन ।
ठूलाठूला दलको सरकारले चलाएको कुशासन नै पूर्व राजावादीको फण्डा हो । कांग्रेस र एमालेको वर्तमान सरकारले भ्रष्ट जमातले जनता तड्पाएकै छन् । आफ्ना दलाल र माफियाले सरकारलाई बदनाम गराउँदै लगेको छ । यो सरकारले राम्रो काम गर्नेलाई सहयोग गर्दैन भन्ने कुरा काठमाडौँ टावरको नक्सा पासमै भ्रष्टाचार गरेको आरोपमा काठमाडौँ महानगरका कार्यकारीलाई महानगरले फिर्ता गर्दा गर्दै अर्का कार्यकारी नदिएर मेयर बालेन शाहसँग सिघौरी चलिरहेको छ ।