नेपालको वन्य, जन्तु र जडीबुटी तस्कर कहिलेसम्म

समाचार

काठमाडौं । नेपालमा पछिल्लो समय जडीबुटीको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । नेपाललाई विश्वले जडीबुटीको खानीको रुपमा चिन्ने गर्दछन् । तर, नेपालका राजनितिक दल र सम्बन्धित निकायले जडीबुटीलाई व्यवस्था गर्दै आएको छ । पछिल्लो केही वर्षदेखि बहुमूल्य जडीबुटी पाउनै समस्या भैरहेको छ ।
जलवायु परिवर्तन, आगलागी, लोपोन्मुख जडीबुटीको खेती प्रविधिको अभाव, अत्याधिक वन, जङ्गल दोहन तथा चोरी निकासीका कारण बहुमुल्य जडीबुटी दिनप्रति लोप हुँदै गइरहेको अवस्था छ । तर, न त सरकारले त्यसको हेरबिचार गर्छ न त सम्बन्धित निकाय नै ।

नेपालमा करिब ८५ प्रतिशत जडीबुटी वास स्थानबाट सङ्कलन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । नेपालको सामुदायिक वनमा पाइने जडीबुटी कति प्रजातिका छन्, भन्ने विषयमा सरकार अहिले सम्म अनभिज्ञ छ । सरकारकै कारण जडीबुटीको संरक्षण हुन सकेको छैन । नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजातिका जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिको पाइन्छ । जिल्लाबाट ५१ प्रजातिका जडीबुटी व्यापारिक प्रयोजनमा निर्यात हुने गरेको छ ।

जसबाट बर्सेनि २२ देखि ३० लाख रुपैयाँसम्म राजस्व संकलन पनि हुँदै आएको छ । कर्णालीका १० वटै जिल्लामा पाँच हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइने वनस्पति विभागको तथ्याङकले उल्लेख गरेको छ । वनस्पति विभागले उल्लेख गरेतापनि सरकारका निकायहरु गुमनाम भएर बसेको अवस्था छ ।

नेपालमा आठ सय १९ प्रजातिका जडीबुटीहरु विभागले पहिचान गरिसकेको छ भने, अझैं पहिचान गर्न बाँकी रहेको विभागले जनाएको छ । देशको आर्थिक विकास गर्ने लक्ष्य सहित वनस्पति विभागले आर्थिक विकासका लागि प्राथमिकता प्राप्त ३३ प्रजाति र खेती प्रविधि अनुसन्धान कार्यको लागि प्राथमिकतामा १३ प्रजातिका वनस्पतिलाई सूचीकृत गरेको पाइन्छ ।

सरकारले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय दायित्व पूरा गर्ने लक्ष्य राखेतापनि त्यसको परिपुर्ति गर्न सकेको छैन । त्यस कारणले पनि संरक्षणको हिसाबले संवेदनशील र आर्थिक विकासमा समस्या परेको कारण आर्थिक लाभ लिन सकेको अवस्था लिन सकेको छैन । विश्व बजारमा जडीबुटीको बढ्दो माग रहेता पनि खेती प्रविधि विकास समेत हुन सकेको छैन ।

हालसम्म नेपालमा सात सय प्रजातिका जडीबुटी औषधिको रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ । औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको र सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा हुने गरेको छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने क्षेत्रको रुपमा चिनिँदै आएको छ ।

डडेलोबाट वन र वातावरण जोगाइ बहुमूल्य जडीबुटीको संरक्षण गर्न चैत, बैशाखमा पुर्व सावधानीको पहल आवश्यक रहेको छ । त्यसमा संघीय सरकारले पनि ध्यान दिन सकेको छैन । जडीबुटी विकास कार्यक्रम अन्तर्गत जडीबुटी खेती विस्तार, खेती क्षेत्र निर्धारण, पकेट क्षेत्र निर्धारण र भण्डारण केन्द्र र प्रशोधन केन्द्रमा प्रदेश सरकारल पनिे ध्यान दिन आवश्यक ठानेको छैन । भारत र चिनसँग जोडिएका सिमा क्षेत्र नजिक आस–पासका नाकाहरुमा जडीबुटी र अवैध वन्य जन्तुको सामग्री ओसारपसार रोक्न पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । त्यसमा सरकारले कडा निति नियम बनाएर लागु गर्नपनि सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *