काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार एक सय रूपैयाँ पुगेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला आठ सय रूपैयाँ बढी हो।
यसअघि गत चैत २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै बुधबार भने प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा सुनको कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार भने सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेको हो।
यस्तै, आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।