काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न लागेका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्रिपरिषद् सदस्य र सचिवहरूसँग दिउँसो साढे ३ बजे छलफल गर्न लागेको हो । विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् ।
सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।