हार्वर्ड विश्वविद्यालयको दुई अर्ब डलर ट्रम्प प्रशासनद्वारा रोक

विविध शिक्षा/स्वास्थ समाचार

काठमाडौं । ह्वाइट हाउसको मागहरूको सूची अस्वीकार गरेपछि ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको दुई अर्ब डलर बराबरको संघीय कोष रोकेको छ ।

आफ्नो नीति परिवर्तन गर्न ट्रम्प प्रशासनको दबाबलाई अस्वीकार गर्ने हार्वर्ड पहिलो अमेरिकी विश्वविद्यालय हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि गाजामा इजरायली आक्रमण र इजरालयलाई अमेरिकी समर्थनको विरोधमा गत वर्ष देशभर भएका प्रदर्शनहरूमा प्रमुख विश्वविद्यालयहरूले यहुदी विद्यार्थीहरूलाई संरक्षण गर्न नसकेको आरोप लगाएका थिए ।

ट्रम्प प्रशासनले भने राष्ट्रको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा व्याप्त विचलित गर्ने अधिनायकवादी मानसिकतालाई प्रतिबिम्बित गरेको टिप्पणी गरेको छ । यसअघि, ह्वाइट हाउसले हार्वर्डलाई मागहरूको सूची पठाएको थियो । जुन प्रमुख रुपमा विश्वविद्यालय क्याम्पसहरूमा यहूदी विरोधी भावनाविरुद्ध लड्न, विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा परिवर्तन लगायतमा केन्द्रित थिए

हार्वर्डले यी मागहरूलाई दृढतापूर्वक अस्वीकार गरेको बताइएको छ । विश्वविद्यालयले ह्वाइट हाउसले आफ्नो समुदायमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *