हाड नाता रगतको वंशाणु गुणले पार्ने असर

राजनीति लेख

सबैभन्दा पहिला वंशाणुक्रमका बारेमा अध्ययन गरेर ग्रेगोर जोहानले केराउको बिरुवाबाट सातवटा विभिन्न लक्षणहरु प्रतिपादन गरेका थिए । त्यसैले उनलाई वंशज विज्ञानको पिता भनिन्छ । वंशाणुगत गुणको बारेमा क्रमानुसार खोज र अनुसन्धान गरेर धेरै कुरा पत्ता लगाई सकेका छन् ।

कोषहरुको न्यूक्लियसभित्र क्रोमोजोममा हुने रासायनिक पदार्थ जसले बुवा, आमाका गुणहरु सन्तानहरुमा प्रसारण गर्दछ, त्यसलाई नै जीन (वंशाणु) भनिन्छ । वंशाणुगतको आधारभूत शारीरिक र कार्यात्मक एकाई भएकाले प्रत्येक वंशजमा एउटा आफ्नो तत्व पठाउँछ । जसलाई जीन भनेर चिनिन्छ । जीन डीएनएबाट बनेको हुन्छ । जीनहरु अभिभावकबाट सन्तानमा सर्छन् र लक्षणहरु निद्रिष्ट गर्न आवश्यक जानकारी समावेश गर्दछ । क्रोमोजोम भनिने संरचनाहरुमा जीनहरु एकपछि अर्को मिलाएर राखिन्छ । एक क्रोमोजोममा एकल, लामो डीएनए अणु हुन्छ, जसको एक भाग मात्र एकल जीनसँग मिल्छ ।

मानवको क्रोमोसोममा करिब बीस हजार जीनहरु मिलाइएको हुन्छ । आमाबुवाबाट छोराछोरीमा सर्न सक्ने गुण जस्तै एनिमीया, डाइबिटीज रोगहरु सर्दै आइरहेका हुन्छन्, यसलाई वंशाणुगत गुण भनिन्छ । अग्लोपन, होचोपन, छालाको रङ्ग आदि वंशाणुगत गुण वा लक्षण हुन् । वंशाणुगत गुणहरुको बारेमा अध्ययन र अनुसन्धान गर्दा पहिलो र दोस्रो वंशजमा मतान्तर पाइएको छ । पहिलो पुस्ता र दोस्रो पुस्तामा फरक–फरकका गुण र विशेषता भएका व्यक्तिहरु जन्मिएको पाइएको छ । पहिलो र दोस्रो पुस्तामा पाइने भिन्नता बारेमा चर्चा गर्नुपर्दा प्रबल गुण र लुप्त गुण रहेको छ । प्रबलगुण भन्नाले एउटै प्रजातिबीच प्रजनन् गर्दा पहिलो वंशमा उत्पन्न हुने जीवमा जुन गुण देखा पर्दछ त्यसलाई प्रबल गुण भनिन्छ । लुप्त गुण भन्नाले पहिलो वंशमा देखा नपर्ने र दोस्रो पुस्तामा देखापर्ने गुणलाई लुप्त गुण भनिन्छ ।

हिन्दू धर्म, संस्कृतिमा वैज्ञानिक रहस्य लुकेको हुनाले कतिपय यस्ता सत्य तथ्यलाई हामीले नजर अन्दाज गरेर हिँडेका छौं । हाम्रो धर्म संस्कारमा पहिलेदेखि चलिआएको जुन रित छ, आज विश्वले त्यसैलाई नै पछ्याईं रहेको पाइएको छ । वैज्ञानिकद्वारा पुष्टि भएको जुन तथ्य रहेको छ, त्यो–हो हाड नाताको सम्बन्धमा विवाह गर्नुहुँदैन भन्ने जुन परम्परा रहेको छ, यो हामीलाई पनि थाहा छैन कि हाम्रो कतिऔं पुस्ताका बाउ, बाजेले लागू गर्दै आइरहेका होलान् । हामीले आजका दिनसम्म आइपुग्दा पनि पछ्याईंनै रहेका छौं ।

हिन्दु संस्कारमा एउटै गोत्र भएको मानिसहरुसँग विवाह गर्नु हुँदैन भन्ने मान्यता चलि आएको छ, एउटै गोत्र भन्नाले त्यससँग काहीँ न कहीँ हाड रगतको नाता लाग्छ भन्ने बुझिन्छ । नेपालको कानूनले पनि दिँदैन हाड जोड्नीको नातासँग विवाह गर्न । हिन्दू धर्मका अनुसार मानिसले तीन गोत्र छोडेर विवाह गर्नुपर्छ । आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र ।

कुनै संस्कारमा चाहिँ मावलको हजुरआमाको गोत्रमा पनि विवाह गर्नुहुँदैन भन्छन् । सगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ । एउटै कूल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुन्छ र उनीहरुमा एकै खाले विचारधारा हुन्छ, केही नयाँपन हुँदैन भन्ने मान्यता चलिआएको छ । महान सन्त ओशोले पनि विवाह जति टाढाको गोत्रसँग हुन सक्यो त्यति राम्रो हुने बताउनुभएको छ ।

पछिल्लोे समयमा हाड, जोड्नीको नातासँग विवाह गर्न विकसीत राष्ट्रहरु जस्तै चीन, ताइवान, कोरिया लगायतका ३० वटा देशमा प्रतिबन्ध लगाएको छ । हाड जोड्नीको नातासँग विवाह गर्दा आमाबुवामा केही त्यस्तो रोग देखिएको एक पुस्तादेखि अर्को पुस्तामा सर्दै आइरहेको रोगहरु रिसेसिभ जिनमा रहेका हुन्छन् । दुबै आमाबुवा रिसेसिभ जिन लिएर आएका छन् भने त्यो जोडीबाट जन्मिेने बच्चा ५० प्रतिशत रिसेसिभ जिन लिएर जन्मिने सम्भावना बढी हुन्छन् । यस्तो अवस्थामा सबै रिसेसिभ जिन शिशुमा ट्रान्सफर भयो भने शिशु अपाङ्ग जन्मने छ । वा जन्मने बित्तिकै मृत्यु हुनेछ ।

यो वंशाणुगत रोग हो आमाबुवाको जिनमा एउटै गुण भयो भने बच्चामा पनि त्यस्तै गुण अथवा कम क्षमताको भएर जन्मिने गर्दछन् । तसर्थ सिधा भाषामा भन्ने हो भने खुन फेरिन आवश्यक पदर्छ । यो सिद्धान्त हामी मानिसमा मात्र नभई जिव, प्राणीमा पनि लागु हुने गर्दछ । उदाहरणका लागि हामीले वर्षै पिच्छे धानको बिउ एउटै फसलबाट रोेप्दा यसको गुणस्तर खस्कदो हुन्छ । बिउमा किरा लाग्ने, खोक्रिने गर्छ, यसले उत्पादनमा स्वतः कमी ल्याउने गर्दछ । पछिल्लो समयमा वैज्ञानिकहरुले विभिन्न जिव, जन्तुमा क्रिसिङ गरेर हाइब्रिडहरु उत्पादन गर्दै आईरहेका छन् ।

जुन सबैभन्दा बढी बोट बिरुवामा हाईब्रिड जातहरु निकाल्दै आई रहेका छन् । धेरै क्रस ब्रिडिङ गराउँदा पनि क्रोमोजोमको संख्या बराबर नहुन पनि सक्छ । जसले गर्दा सन्ततिमा हुने क्रोमोजोमको संख्या स्थिर नभई घटी वा बढी हुन जान्छ । यसको असरबाट क्रोमोजोम डिसअडर हुने हुँदा, धेरै जसो क्रस ब्रिडिङमा जन्मिएका जीवको प्रजनन् क्षमता हुँदैन वा नपुंसक हुन्छन् । उदाहरणका लागि घोडा र गधाको क्रसबाट खच्चर जन्मिन्छ जसमा घोडाको क्रोमोजोम ६४ वटा गधाको क्रोमोजोम ६२ वटा हुन्छ तर खच्चरमा (३२+३१=६३) वटा क्रोमोजोम जुन बिजोर संख्या भएकाले एउटा अतिरिक्त क्रोमोजोम भइ उक्त खच्चरमा प्रजनन् क्षमता हुँदैन ।

इतिहास
इतिहासको कुरा गर्ने हो भने हाडनाता सम्बन्धी घटनाका साक्षी थुप्रै रहेका छन् । त्यस मध्यको नवौँ शताब्दीमा युरोपको रोयल परिवार (हाउसबग वर्ग) घटेको घटनालाई जोड्न चाहन्छु । हाउस वर्ग युरोपको रोयल परिवार जसले स्पेन लगायतको धेरै देशहरुमा लडाईं जितेर आफ्नो एकाधिकार कब्जा जमाएका थिए । प्रायः कमै युरोपका भागहरु होलान् जुन नवौँ शताब्दीमा फिलिप राजाले आफ्नो अधिनमा लिन नसकेका । फिलिप स्पेनका हाउसबग वर्गका सदस्य मात्र नभइ उनी स्पेनका राजा समेत थिए । तर सन् १६४९ अक्टोबर सातदेखि राजा फिलिपले खडा गरेको इम्पायर ढल्न शुरु भयो ।

कुनै लडाईं हार्दा ढलेको इम्पायर भने थिएन । पछि वैज्ञानिकहरुले अनुसन्धान गर्दै जाँदा हाडनाता सम्बन्धको कारण रहेको तथ्य फेला पारे । राजा फिलिपले १४ वर्षकी आफ्नी भतिजी मरियानासँग विवाह गरेपछि राजा फिलिपको दुःखका दिनहरु शुरु भयो । विवाह भएको केही समयमा मरियानाले पाँचवटा सन्तान जन्मिएका मध्य एउटा बाच्न सफल भयो । बाँच्न सफल भएको बच्चा चाल्र्स टु को पनि दुर्भाग्य नै रह्यो । मानिसहरुले बच्चा नभएर राक्षसको उपनाम दिए किनभने चिउडो लामो र बिग्रिएको अनुहारका कारण उनलाई इतिहासमा मोस्ट फेमस किंगका रुपमा चिनिन्छन् ।

चार वर्षको उमेरमा राजा चाल्सलाई दादुरा, रुबेला जस्ता अनेक रोगका कारण उनी राम्रोसँग बोल्न सक्दैन थे र आठ वर्षको उमेरसम्म उनले राम्रोसँग हिँड्न सकेका थिएनन् । जीवनमा उनले धेरै प्रकारका रोगको सामना गर्नुप¥यो । उनको ३५ वर्षको कलिलो उमेर मै मृत्यु भयो । मृत्युपछि उनको शरीर परीक्षण गर्दा उनको शरीरमा एक थोपा पनि रगत थिएन, उनको मुटु सुकेर मरिचको दाना जस्तो भएको थियो । फोक्सो र कलेजो सडिसकेको थियो । एउटा मात्रै अण्डकोष थियो जुन कोइला जस्तो कालो भएको थियो । सानैदेखि रोगले ग्रसितका कारण उनले विवाह गरेनन् र हाउसवर्ग बर्ग उनीसँगै समाप्त भयो ।

अर्को इतिहासको घटना हेर्ने हो भने इजिप्टमा हाड नाताको विवाहलाई सामान्य मानिन्थ्यो इजिप्टका राजा डोटल खामुनको १९ वर्षमा मृत्यु भएको थियो । डोटलको मृत्यु काल गतिले सामान्य देखिएकाले उतिखेर बिना परीक्षण मै गाडिएको थियो । जब सन् १९२२ मा वैज्ञानिकहरुले बालुवाको अध्ययनको क्रममा राजा डोटल खामुनको मम्मी फेला पारे । त्यसको परीक्षण पछि तथ्य फेला पारे । वास्तबमा डोटल खामुनको बुवाले आफ्नो भतिजीसँग विवाह गरी उनी जन्मिएका थिए । बुवाको मृत्युपछि डोटल खामुनले नौ वर्षको उमेरमा राजगाज सम्हालेका थिए । राजा भएपछि उनले धेरै राज्यलाई आफ्नो राज्य भएपछि उनले धेरै राज्यलाई आफ्नो राज्य बनाएका थिए । उनको जीवन राम्रो नै चलिरहेको थियो । तर आचनक कुनै रोग नै नदेखिकन उनको मृत्यु भयो ।

पछि वैज्ञानिकहरुले लासको जाँच गरेपछि मृत्युको कारण हाड रगतको नाता भएको पत्त्ता लाग्यो । अध्यायन अनुसार उनको टाउकाको आकार अनौठो थियो । उनको नाक एकदमै लामो, ओठ ठूलो र छाती बाहिर निस्केको जस्तो समग्रमा भन्नुपर्दा महिलाको जस्तो थियो । उनको मेरुदण्ड बाङ्गो थियो भने देब्रे खुट्टामा नराम्रो रोग लागेको थियो । जसको कारण खुट्टाको एउटा हड्डी पनि राम्रो थिएन । त्यसै कारण राम्रोसँग हिँड्न पनि सकेनन् । दिन प्रतिदिन शरीरको प्रति रक्षात्मक क्षमता कम्जोर हुँदै गएका कारण उनको मृत्यु हुन पुग्यो ।

इजिप्टमा यस्तो घटना एउटा मात्र थिएन । त्यहाँको शाही परिवारमा हाड नाताको विवाह सामान्य थियो । यी सबै इन ब्रिडिङका कारण थियो । आफ्नो शक्ति परिवारभन्दा बाहिर नजाने मानसिकताका कारण इन ब्रिडिङको दुस्परिणामको बारेमा जानकार थिएनन् । अहिले पनि यस्तो घटनाहरु भइ नै रहेका छन् । सन् २००८ मा उत्तर पूर्वी चीनमा एउटा यस्तो परिवार फेला प¥यो । जसले आफ्ना परिवारका छोराछोरीका लागि भने जस्तो जोडा नपाएपछि उनीहरुबीच नै विवाह गरिदिए ।

विवाह भएको केही वर्षपछि यी दाजु, बहिनीको पाँच सन्तान जन्मिए । यी मध्य चार बच्चाको दिमागी सन्तुलन ठिक नभएको र एउटा बच्चा बहिरा, बोल्न नसक्ने जन्मिएको थियो । अहिले पुरै संसार हाड नाताको विवाहबाट हुने खतराको जानकार छन् । धेरै जसो देशले हाड नाताको विवाहमा प्रतिबन्ध पनि लगाएको छ । यति हुँदाहुँदै पनि बेलायतको एउटा अध्यायनले चरम इन ब्रिडिङका १२५ घटनाका तथ्याङ्कले फेला पारेको छ भने बेलायतमा प्रत्येक दिन हजार मानिसहरु मध्य एकको जन्म इन ब्रिडिङको कारण जन्म भएको तथ्याङ्कले देखाएको छ । यस्ता बालकको मृत्यु फोक्सोले काम नगरेर वा अन्य रोगका कारण कलिलै उमेरमा मृत्यु हुने गरेको छ । यो सबै देख्दा देख्दै डाक्टरहरुले इन ब्रिडिङग त्यति हानिकारक नभएको बताउँछन् । उनीहरुले खतरा मुक्त छन् भन्ने कुनै तथ्य फेला पार्न सकेका छैनन् ।

निष्कर्ष : वैज्ञानिकले नै पुष्टि गरेको छ,कि हाड जोड्नीको नातासँग विवाह गर्दा आमा, बुवाबाट केहि त्यस्तो रोग देखिएको भए अर्को पुस्तामा सर्दै आइरहेको रोगहरु रिसेसिभ जिनमा भएकोले त्यो जोडीबाट जन्मिने बच्चा ५० प्रतिशत रिसेसिभ जिन लिएर जन्मिन्छ । त्यस्ता बच्चाहरु अङ्गभङ्ग, मृत्युहुने गर्दछन् । त्यस कारण हाड नाता सम्बन्धमा विवाह नगर्नु नै उचित देखिन्छ ।
स्रोत ःमोदनाथ प्रश्रितको पुस्तक जिवाणुदेखि मानवसम्म तथा विभिन्न पत्रपत्रिकाको अध्ययनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *