काठमाडौं । गत चैत १५ गते भएको तीनकुने घटनामा गृहमन्त्री रमेश लेखक चुकेपछि चारैतिरबाट आलोचना हुन थालेका छन् । गृहमन्त्री लेखकले घटनाको संवेदनशीलतालाई हेरेर प्रहरी परिचालन गर्न नसकेको कारण देखाएर सबैतिरबाट आलोचना खेपिरहेका छन् । तीनकुने घटनामा गृहमन्त्री मात्रै चुकेका छैनन् कि गृहसचिव र प्रहरी प्रमुख नै चुकेको बताइन्छ ।
गृहसचिव गोकर्णमणि दुवाडीदेखि मुख्यसचिव एकनारायण अर्यालसम्म सो तीनकुने घटनामा चुक्न पुगेका छन् । मुख्यसचिव अर्यालयले गृहसचिवलाई सुरक्षा अवस्था के÷कस्तो छ भनेर जानकारी पनि नलिएको र आवश्यक सुरक्षा प्रवन्ध पनि मिलाउन नसकेको गृहभित्रैकै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा तामाकोशी सन्देश संवाददातासँग बताएका थिए । हुन पनि तीन कुने घटनामा त्यस्तै देखिएको छ । सो घटनामा दुई जना निर्दोष व्यक्तिको ज्यान गएको छ भने अर्जनौं अन्य व्यक्ति घाइते भएका छन् । त्योसँगै ठूलो मात्रामा भौतिक संरचना क्षेति हुनुका साथै लुटपाटसमेत भएको थियो ।
आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं प्रहरी अगाडिबाटै भागिरहँदा प्रहरीले उनलाई पक्राउन गर्न सकेको छैन । घटनास्थलबाटै गाडी लिएर फरार रहेका प्रसाईँलाई घटना भएको १२ दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रसाईँ सुरक्षा घेरा तोडेर भाग्न सफल हुँदा प्रहरीहरुले उनलाई पक्राउ गर्न नसक्नु भनेको गृहमन्त्री लेखक र आईजीपी दीपक थापाको ठूलो कमजोरी भएको सर्वसाधारणको भनाइ छ । थापा आईजीपी बनेको पनि दुई हप्ता हाराहारी मात्रै भएको छ । उता एससपी, एसपी, डिएसपी, इनिस्पेक्टर, सहीलगायत प्रहरी अधिकृतहरुको बढुवा लामो समयदेखि रोकिइरहेको छ ।
त्यतातिर गृहमन्त्री लेखक र आईजीपी थापाले ध्यान दिएका छैनन् । तत्कालीन आईजीपी वसन्त कुँवरले पनि प्रहरी अधिकृतहरुको उचित समयमा बढुवा नगरेको आरोप खेपेर गत चैत ४ गते बिदा भएका थिए । गृहमन्त्री निकम्मा भएकै कारण प्रहरी अधिकृतहरुको बढुवामा ढिलाई भएको छ । डेढ वर्षभन्दा बढी समयदेखि एससपीहरुको सरुवा हुन सकेको छैन । त्यतातिर पनि गृहमन्त्री लेखकले ध्यान दिएका छैनन् ।
अहिले प्रहरी संगठनभित्र चार जना डीआईजी पद रिक्त छन् भने छ जना एआजी पद रिक्त भइसकेको छ । तत्कालीन आईजीपी वसन्त कुँवरसँगै ४ जना डीआईजी र ६ जना एआईजी अवकासमा गएका थिए । उनीहरु अवकास प्राप्त भएपछि ती पद रिक्त रहेका छन् । प्रहरी संगठनले समयमा सरुवा, बढुवादेखि पदपूर्ति गर्न नसक्दा शान्ति सुरक्षा कमजोर बन्दै गएको छ । गृहमन्त्री लेखक र गृहसचिव दुवाडीको ध्यान भने सिडिओ सरुवा गर्ने र कमिसन लिनमै व्यस्त रहेको देखिन्छ । सिडिओ सरुवामा पनि योग्य र सिनियरलाई पाखा लगाएर सोर्सफोर्स र लेनदेनको आधारमा जुनियरलाई अवसर दिएको पाइन्छ । त्यसले देशको शान्तिसुरक्षा कजोर हुँदै गएको र सामान्य घटनामा पनि ठूलो धनजनको क्षति हुने गरेको पाइन्छ ।