काठमाडौं । गुप्तचरका प्रमुखको कार्य अवधि छोटिँदै जाँदा जताबाट आएपनि आएको खाने हुनेसम्म बजेट सक्ने, सरुवा, बढुवा र तालिममा आफ्नैलाई पार्ने सरकारी नीति नै हो । प्रहरी र सशस्त्रमा यो नीति कांग्रेस र एमाले नेताको आदेशमा निर्भर रहन्छ । तर प्रधानमन्त्री कार्यालयअन्तर्गत लगेर कुनै प्रगति नगरेको गुप्तचरमा भनेर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालजस्ताको आदेशमा काम हुने गरेको छ । टेकेन्द्र कार्की र ओम जोशीलाई भिडाएर रमिता हेर्ने रहर गुप्तचर प्रमुख थापाको रहेको छ ।
विगतको भद्रगोल सुधार्न लागेको दाबी गर्ने विभाग प्रमुख उत्तराज थापाले सुरुको वर्ष सबैलाई तालिममा पठाई बढुवा गरे । त्यो बेला ऐन चलेन । प्रमुखको स्वविवेकीय अधिकार गुप्तचर भित्र चल्यो । बैतडीका ओम जोशी र दैलेख हुँदै सुर्खेत झरेका टेकेन्द्र कार्कीले के के गर्दा रहेछ भनेर सहे । अहिले प्रमुख थापाको पदावधि सकिँदै जाँदा वैशाखमा तालिममा पठाउनुपर्नेहरूको छनोटमा भने हुतराज थापालाई जोशी र कार्कीले एकलौटी गर्न नदिने भएका छन् ।
सबैतिर तिम्रा गुप्तचरमा हाम्रो हुनुपर्छ भनेर हिजोको सम्बन्ध जोसँग भएपनि राप्ती क्षेत्रको मगर समुदायलाई राष्ट्रिय अनुसन्धानमा प्रमुख बनाएको गर्व गर्ने जनार्दन शर्माहरू अहिले गुप्तचर प्रमुखबाट टाढिएका छन् । शर्मा गृहमन्त्री हुँदा गुप्तचरमा नयाँ मान्छे भर्ना गरेनन् । प्रहरी र सशस्त्रले गृहमन्त्री माओवादीसँग काम लियो, तर माओवादीलाई साथ दिएन ।
अहिलेको यो स्थितिमा माओवादीले हुतराज थापाबाट मात्र होइन, प्रहरी आइजीपी दिपक थापाबाट पनि सहयोग खोजेर पाउँदैन । किनकि गुप्तचर र प्रहरी भनेको आफ्नो स्वार्थ पुरा गर्नको लागि दलहरुलाई प्रयोग गर्छन् भने आफ्नो स्वार्थ पुरा भएपछि पत्याउँदैनन् । माओवादीभन्दा एमाले कांग्रेस कामकाजी छन् । सशस्त्रका आइजीपी राजु अर्याल राजनितिक भन्दा स्वच्छ छविका हुन् तर अर्याल जागिरे अवकाश पछि कुनै राजनितिक दलतिर लाग्ने योजना बनाइएको स्रोतले उल्लेख गरेको छ । अर्यालको तयारी अनुसार क्षमताविहीन, योग्यताहीन देउवा दरबारका ज्वाई दिपेन्द्र कुँवरलाई डिआइजी बनाएर पावर देखाइएको थियो । सशस्त्र प्रहरी बलभित्र कुँवर भन्दा वरिष्ठ अरु नै थिए ।